गृहलक्ष्मी सहकारीको रक्तदान

  प्रकाशित मिति
१० फाल्गुन २०७६, शनिबार २०:३६


धुलाबारी । धुलाबारीमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

११ औं वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको विर्तामोड सेवा केन्द्रको संयोजनमा दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग बिर्तामोड रेडक्रस शाखाले गरेको थियो ।

सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड सेवा केन्द्रका संयोजक घनश्याम डाँगीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो सहकारी संस्थाले फागुन १२ गते प्रधान कार्यालय धुलाबारीमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको सहकारीका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: