गृहलक्ष्मी सहकारीद्वारा मोवाइल बैँकिङ सेवा सुरु

  प्रकाशित मिति
१६ बैशाख २०७७, मंगलवार २२:५३


मेचीनगर । गृहलक्ष्मी वचत तथा ऋण सहकारी संस्था धुलाबारीले मोवाइल बैँकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

मेचीनगर–९ स्थित धुलाबारीमा रहेको उक्त संस्थाले आफ्ना शेयर सदस्यहरुको हितका लागि मोवाइल बँैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बन्दाबन्दीले असहज परिस्थिति भइरहेका बेला सदस्यहरुलाई घरैमा बसेर आफ्ना दैनिकरुपमा चाहिने अत्यावश्यक सामग्री सहजरुपमा उपलब्ध गराउने उद्देश्यले मोवाइल एपस्बाट मोवाइल बँैकिङ सेवा शुरु गरिएको संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले बताए ।

प्रिमियम टेक्नोलोजी र हाम्रो टेक्नोलोजी प्रालिको सहकार्यमा सञ्चालनमा ल्याइएको मोबाइल एपस्बाट एकाउन्ट स्टेटमेन्ट, व्यालेन्स ट्रान्सफर, एनटिसी र एनसेलका रिजार्च कार्डको विल भुक्तानी गर्न सकिने संस्थाका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

त्यस्तै डिसहोम, इन्टरनेट, जहाजको टिकट, खानेपानी, बिजुली लगायतका अत्यावश्यक वस्तुको बिल भुक्तानी गर्न सकिने उनले बताए ।

कोरोना संक्रमणको जोखिमबाट बच्न र सुरक्षित रहन तथा बन्दाबन्दीको पूर्णरुपमा पालना गर्न संस्थाले निःशुल्क मोवाइल एपस् चालु गरेको मेहराको भनाई छ ।

गुगलबाट प्यालेस्टोरमा गएर गृहलक्ष्मी मोवाइल बैँक सर्च गरेपछि संस्थाको फोन नम्बरबाट पिन कोड लिन अनुरोध गरेको छ ।

बन्दाबन्दीको पालना गर्दै सामाजिक दुरी कायम गरेर प्रत्यक हप्ताको आइतबार र बुधबार विहान एक घण्टा सहकारी खुल्ने संस्थाले जनाएको छ ।

संस्थाको प्रधान कार्यालय धुलाबारी तथा बिर्तामोड, गाडागल्ली, बाहुनडाँगीका सेवा केन्द्रहरुबाट कारोबार गर्न सकिने व्यवस्थापक मेहराले बताए ।

निकट भविश्यमा यहि एपस्मार्फत संस्थाले अन्य सरकारी तथा निजी बैँकहरुमा पैसा राख्न र झिक्न सक्ने गरीको तयारी गर्न लागिएको उनले बताए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: