धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभामा मङ्गलबार सम्पन्न भएको छ ।
पासाङ ल्हामू स्मृति प्रष्ठिानको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष घनश्याम अधिकारी रहेका थिए । अधिकारीले एउटै उद्देश्य बोकेर खोलिएका सहकारीहरु एकीकरण गरेर गए सहकारी बलियो हुने बताए । उनले विगतमा सहकारीलाई गाउँ गाउँ पुर्याउने लक्ष्यले खोलिए पनि वर्तमान अवस्थामा यसलाई व्यवस्थित गर्न र उद्यमशील बनाउने चुनौतीहरु थपिएका कारण पनि एकीकरण गर्नु उपयुक्त हुने बताए ।
कार्यक्रमममा जिल्ला सहकारी सङ्घकी सदस्य दुर्गा खतिवडा, एनव्याब्सन झापाका जिल्ला अध्यक्ष तथा इष्ट होइराजन अंग्रेजी माविका प्रिन्सिपल सन्दिप राई, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शिवकुमार रेग्मी, सहारा नेपाल हावस केन्द्र धुलाबारीकी सदस्य मीरा काफ्ले, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतराज विष्ट, पत्रकार अम्बिका भण्डारी, देबु बानियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाका कूल सम्पत्ति ९ करोडभन्दा माथि रहेको छ । संस्थाले आर्थिक बर्ष २०७३÷०७४ मा ३ लाख १५ हजार ३७ रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।
संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविशिरोमणि मावि र हरि प्राविका स्काउटका विद्यार्थीहरुलाई जुत्ता प्रदान गरिएको थियो । स्वबोध साधना केन्द्रमा बसेर ती विद्यालय पढ्दै गरेका विद्यार्थीलाई विद्यालय जाँदा समेत खाली खुट्टा भएको हुँदा जुत्ता प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।
संस्थाले कार्यक्रमको अवसरमा शेयर सदस्यबाट ज्येष्ठ नागरिकहरु मानबहादुर प्रधान र एक बृद्ध आमालाई सम्मान गरेको छ ।
संस्थाकी उपाध्यक्ष रेणुका डाँगीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सञ्चालन सञ्चालक सदस्य राजु धिमालले गरेका थिए ।