गृहलक्ष्मी साकोसको सभा

  प्रकाशित मिति
१२ फाल्गुन २०७४, शनिबार २०:३९


धुलावारी । गृहलक्ष्मी बचत तथ ऋण सहकारी संस्थाको ९ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

शनिबार संस्था परिसरमा आयोजित समारोहकाबीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल बुढाथोकीले उद्घाटन गरेका थिए ।

संस्थाले कुल ८९ लाख ५ सय ७३ रुपैयाँको लागतमा निर्मण गरेको सुविधासम्पन्न तीनतले भवनको उद्घाटन गरिएको हो ।

वार्षिकोत्सवको अवसर पारेर संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सम्मानित हुनेहरुमा सांसद गोपाल बुढाथोकी, संस्थाका व्यवस्थापक चिन्तमणि ढकाल, विर्तामोड सेवा केन्द्रकी प्रमुख रञ्जिता पराजुली, कन्भेन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल विक्रम क्षेत्री, समाजसेवी राज्यप्रकाश शर्मा, भवन निर्माण संयोजक दलबहादुर कट्टेल, सदस्य मानबहादुर खड्का र शंकर दाहाल, समाजसेवी लता प्रसाई, थोमस प्याथोलोजीका सञ्चालक सोम ओझालाई सम्मानपत्र, कदरपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थाले इटाभट्टाको अपाङ्ग युवा समाज सुधार समितिका बालबालिकालाई १५ थान र स्वबोध साधना केन्द्रलाई १० थान झुल वितरण गरेको छ ।
त्यस्तै, संस्थाले सञ्चालन गरेको भलिबल खेलमा विजेता तथा उपविजेता टीमलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा धुलाबारी मावि विजेता र सरस्वती शिक्षा सदन उपविजेता भएको थियो ।

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्व तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरण बानियाँ, वर्तमान जिल्ला सदस्य दुर्गा सापकोटा, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष धुव्र कनाल, मेचीनगर बचत तथा ऋण सहकारीका अध्यक्ष कमल काफ्ले, सहारा हाबस धुलावारी सेवा केन्द्रका संयोजक भगिरथ शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य दिपक भण्डारी, महालक्ष्मी कृषि सहकारीकी लेखा संयोजक लीना भण्डारीलगायतलले बोलेको सह व्यवस्थापक सरोज मेहराले बताए ।

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक कुवेर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष रेनुका डाँगीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: