गोछेलाई पुरस्कार

  प्रकाशित मिति
१६ पुष २०७२, बिहीबार ०७:०६


झापा, १६ पुस । झापाका बरिष्ठ पत्रकार गोविन्दचन्द क्षेत्रीलाई मेची उद्योग बाणिज्य सङ्घले विहीबार ११ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष तथा कार्यव्रmमका प्रमुख अतिथि पशुपति मुरारकाले उनलाई नगदसहित दोसला ओढाएर सम्मान गरेका हुन् ।

मेची उद्योग बाणिज्य सङघको स्थापना दिवसको अवसरमा उनलाई पुरस्कार प्रदान गरेको हो ।
सो पुरस्कार सङघले गत बर्षको स्थापना दिवसको दिन औद्योगिक  क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्नका लागि १ लाख रुपैयाँको अक्षय कोष खडा गरेको थियो ।

पुरस्कृत व्यक्ति गोछे झापाबाट द हिमालयन टाइम्स पत्रिकामा रिपोर्टिङ गर्छन् । सङ्घका अध्यक्ष विजय डालमियाको अध्यक्षतामा कार्यव्रmम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: