गोबरको खाल्डोमा डुबेर बालिकाको मृत्यु

  प्रकाशित मिति
२५ माघ २०७७, आईतवार १४:५९


विर्तामोड, २५ माघ । अर्जुनधारा नगरपालिका–४ स्थित मदनपुर आज विहान गोबरको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राज अधिकारीकी अन्दाजी चार बर्षीया छोरी योजना अधिकारी रहेकी छिन् ।

उनको घरमै गोबर ग्याँसमा प्रयोग गरिएको गोबर भण्डार गरिने खाल्डोमा डुबेर मृत्यु भएको हो प्रहरीले जनाएको छ । विहान ९ः ४५ बजे खेल्दै गर्दा उनी गोबरले भरिएकोको खाल्डोमा डुबेकी थिइन् । करिब तीन फिट गहिरो खाल्डोमा डुबेकी उनलाई निकालेर उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि मेची अञ्चल भद्रपुर लगिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: