गोरखाका गाईपालकलाई एक लाखको कृषि पुरस्कार

  प्रकाशित मिति
२३ आश्विन २०७७, शुक्रबार १५:०७


भद्रपुर, २३ असोज । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले निजी क्षेत्रमा स्थापना गरेको सर्वाधिक राशीको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ गोरखाका गाईपालक राजेन्द्रराज पन्तलाई दिने भएको छ ।

भद्रपुर–७ मा प्रतिष्ठानको कार्यालय छ । यसका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज विज्ञप्ति मार्फत पुरस्कारको जानकारी दिएका हुन् ।

पुरस्कारको राशी रु. १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँँ) रहेको छ ।

पालुङटार –७ च्याङ्लीमा पन्तले २०५२ सालदेखि चलाएको कामधेनु गाईपालन केन्द्रमा ३५० वटा गाई पालिएको र दैनिक १३ सय भन्दा बढी लिटर दुध विक्री हुने गरेको छ ।

यो पुरस्कार सहज अवस्था भएपछि वितरण गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: