विर्तामोड, २८ असार । विर्तामोडबाट प्रकाशित गोर्खा पोस्ट अनलाइनले गोर्खा नामबाट युट्युब च्यानल प्रशारण गर्ने भएको छ ।
प्रशारणका लागि पत्रकारिता, कलाकारिता र फोटोग्राफीमा पोख्त युवा पत्रकार कृष्ण अनमोलले च्यानलको सम्पादकीय जिम्मेवारी सम्हालेका छन् ।
विर्तामोडको शनिश्चरे लाइनस्थित कार्यालयमा पोस्टले स्टुडियोको समेत निर्माण गरिसकेको जनाएको छ ।
गोर्खा पोस्टका प्रकाशक बीरु दर्नालले चिरपरिचित बहुप्रतिभाशाली व्यक्तित्व अनमोललाई मिडियाको कार्यालय प्रमुखको रुपमा नियुक्त गरिएको जानकारी दिए ।
गोर्खा पोस्ट र युट्युब च्यानललाई अब व्यावसायिक पत्रकारिताको मान्यता अनुसार सञ्चालन गरिने वीरता मिडिया हाउस प्रालिका अध्यक्ष समेत रहेका प्रकाशक दर्नालले बताए ।
भद्रपुर निवासी अनमोल मोफसलमा रहेर नाटक, टेलिश्रृंखला, पटकथा लेखन र निर्देशनमा क्रियाशील रहँदै आएका छन् ।
उनको आगमनले गोर्खा पोस्ट र गोर्खा युट्युब च्यानल नयाँ उचाइमा पुग्ने प्रकाशक दर्नालले विश्वास ब्यक्त गरेका छन् ।
गोर्खा युट्युब च्यानलका लागि नेपाली सिने जगतका नायक शितल केसीको पहिलो कुराकानी रेकर्ड गरिएको दर्नालले जानकारी दिए ।