गोर्खा फाउण्डेशनमा पुनः नगेन्द्र

  प्रकाशित मिति
१५ फाल्गुन २०७६, बिहीबार १०:०४


मेचीनगर । गोर्खा मेमोरियल फाउण्डेशन नेपालको दोस्रो अधिवेशनबाट केन्द्रीय अध्यक्षमा पुनः नगेन्द्रकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् ।

फाउण्डेशन नेपालको बुधबार काँकरभिट्टामा सम्पन्न अधिवेशनले ३ वर्षे कार्यकालका लागि अध्यक्षमा गुरुङलाई चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गंगालाल गुरुङ, महासचिवमा जगत गुरुङ, सचिवमा प्रकाश गुरुङ र कोषाध्यक्षमा राजन तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुरेन्द्र बुढाथोकी, हरि दाहाल, सन्तोष आचार्य, पवन उप्रेती, विजेन्द्र राई, चक्रबहादुर श्रेष्ठ, सन्तबहादुर तामाङ, कुमारी श्रेष्ठ गुरुङ, पुष्पा राई गुरुङ र दिपेन्द्र कार्की छन् ।

गोर्खा मेमोरियल फ्रन्ड युकेका अध्यक्ष धनकिरण गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि गुरुङले मेचीनगरका सबै सामुदायिक विद्यालयलाई स्मार्ट (सूचना प्रविधिमैत्री) बनाउने बताएका छन् ।
बताएका छन् ।

बेलायतका पूर्व काउन्सिलर समेत रहेका उनले फन्डमार्फत मेचीनगरका विद्यालयहरुमा कम्प्युटर शिक्षाका लागि योगदान दिने बताए ।

कार्यक्रममा कोषाध्यक्ष राजन तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । फाउण्डेशन नेपालका अध्यक्ष गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको

स्वागत उपाध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव जगत गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: