काँकरभिट्टा, ११ असोज । दार्जीलिङ क्षेत्रबाट गोखाल्याण्ड समर्थकको मत बटुलेर लोकसभामा सांसद् बनेका भारतीय जनता पार्टीका संस्थापकमध्येका नेता जसवन्त सिंहको ८२ वर्षको उमेरमा आज निधन भएको छ ।
सन् २००७ को भारतीय संसद्को चुनावमा उनी दार्जीलिङ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
विदेश, रक्षा र वित्त मन्त्रालयको समेत नेतृत्व गरिसकेका भाजपा नेता सिंह विगत ६ वर्षदेखि बिमारी थिए ।
सन् २०१४ मा घरको बाथरुममा लडेर चोट लागेपछि उनी उपचारका क्रममा बेडमै थिए ।
उनको जन्म राजस्थानको बाडमेरमा भएको थियो ।