गोल्डकपको तयारी पूरा

  प्रकाशित मिति
१३ माघ २०७३, बिहीबार २१:१४


gold cup

बिर्तामोड । मोफसलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो रमपम झापा गोल्डकप सुरु हुनै लाग्दा खेलप्रेमीहरु उत्साहित भएका छन् ।

गत वर्षबाट झापामा सुरु भएको झापा गोल्डकपले खेलप्रेमीहरुमा उत्साह जगाउने काम गरेको छ । गएको वर्ष सञ्चालन भएको प्रथम झापा गोल्डकप प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो ।
दर्शकहरुको उल्लेख्य उपस्थिति र खेलप्रेमीहरुको सहयोगले प्रतियोगिता भव्य र सभ्य भएको थियो । यो वर्ष पनि झापा गोल्डकपलाई सफल बनाउन जिल्लाका उद्योग तथा सहकारी संस्थाहरुले खुलेर सहयोग गरेका छन् ।

अहिलेसम्म ५२ लाख भन्दा बढी रकम सङ्कलन भइसकेको छ । आयोजकले एक करोड २५ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । खेलप्रेमीहरुबाट सहयोग जुट्ने व्रmम जारी रहेकाले आयोजकले लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।

झापालाई फुटवल सहरको रुपमा विकास गर्दै फुटवल पर्यटनको माध्यमले झापाली माटोको सुगन्ध फैलाउन गोल्डकपलाई निरन्तरता दिइएको छ । माघ १५ देखि २४ गतेसम्म बिर्तामोडको डोमालाल रङ्गशालामा सञ्चालन हुने प्रतियोगिता गतवर्ष झैँ यस वर्ष पनि भव्य रुपमा सम्पन्न हुने अपेक्षा आयोजकले राखेको छ ।

खेलकुद क्षेत्रको विकासमा दर्शकले देखाएको माया र सहयोगलाई आयोजकले आत्मासाथ गर्दै तयारी पूरा गरिसकेको छ ।

बिहीबार आयोजक झापा गोल्डकपले प्रतियोगिताको तयारीबारे जानकारी गराएको छ । मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीका अनुसार प्याराफिट बनाउने र खेल मैदान मर्मत गर्ने कार्य पू्रा भइसकेको छ । नौ हजार दर्शक अटाउन सक्ने क्षमता भएको रङ्गशालामा व्यवस्थापन पक्ष पनि चुस्त बनाइएको उनले बताए ।

प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता रहने छ । प्रतियोगतामा रमपम झापा ११, मनाङ मस्याङ्दी, नेपाल पुलिस क्लव, नेपाल सशस्त्र प्रहरी, न्युरोड टिम, हिमालयन शेर्पा क्लव, त्रिभूवन आर्मी क्लव, रुपन्देही ११ फुटवल क्लव, सुदुरपश्चिम फुटवल क्लव र भारतको शेर फुटवल क्लवले सहभागिता जनाउने आयोजक समितिका महासचिव केशव दाहालले बताए ।

प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पाउने छन् । कुल ९ वटा खेल सञ्चालन हुनेछ । प्रतियोगिताका प्रत्येक उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउने आयोजक समितिका सदस्य गजेन्द्र पौडेलले बताए  ।

त्यस्तै गोल किपर एक, डिफेन्स एक, मिडफिल्डर एक, सर्वाधिक गोलकर्ता एक तथा प्रशिक्षक एकजना समेत गरी ५ वटा विधामा उत्कृष्ट छनोट गरिनेछ । ती प्रत्येकलाई ५ हजार ५ सय रुपैयाँका दरले रकम प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले बताए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ प्रदान गरिने समेत उनले बताए । ‘विगतको सफल अभियानलाई निरन्तरता दिँदै गोल्डकप आयोजना गरेको छाँै, अध्यक्ष गिरीले भने, ‘प्रतियोगितालाई सफल बनाउन विभिन्न तह र तप्काका जनशक्तिसँग हातेमालो गर्दै अगाडि बढ्नेछौँ ।’

झापा गोल्डकपको पहिलो संस्करण गत वर्ष चैतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: