गोल्डकप तयारी अन्तिम चरणमा

  प्रकाशित मिति
१५ फाल्गुन २०७४, मंगलवार १०:४८


बिर्तामोड । डोमालाल रङ्गशाला यतिबेला बेहुलीझैँ सिँगारिएको छ । यही फागुन १९ गतेबाट हुने मोफसलकै सर्वाधिक राशीको पुरस्कार रहेको रमपम झापा गोल्डकपको तेस्रो संस्करणका लागि रङ्गशालालाई सिँगारपेटार गर्ने काम धमाधम भइरहेको छ । जसको तयारीे अन्तिम चरणमा पुगेको छ ।

झापाको सानको रुपमा हेरिएको यो प्रतियोगिताले खेलप्रेमी दर्शक र आम झापाबासीको ध्यान खिचेको छ । बिर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए ।
विजेता टिमका लागि साढे १२ लाख राशी रहेको प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका १० वटा टिमले सहभागिता जनाउने छन् ।

मैदानको वरिपरि घेराबारा, मैदान मिलाउने काम र प्याराफिटको निर्माणले रङ्गशालाको रुप नै फेरिएको छ । हरियो मैदान र त्यसमाथिको सजावट हेर्न लायक देखिन्छ ।

कुल ९७ लाख रुपैयाँ खर्चको अनुमान गरिएको प्रतियोगिताका धेरैजसो कामहरु सम्पन्न गरिएको अध्यक्ष गिरीले बताए । गिरीका अनुसार अहिलेसम्म मैदानको व्यवस्थापन, प्याराफिट निर्माण, प्रचारप्रसार, खेलाडीका लागि बस्ने ठाउँको व्यवस्थापन, आर्थिक स्रोत व्यवस्थापन लगायतका ९० प्रतिशत काम सम्पन्न भइसकेका छन् । प्रतियोगितामा ६० देखि ६५ हजार दर्शकले खेल हेर्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनमा खेलेका रमपम झापा ११, रुपन्देही ११, थ्री स्टार, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, सुदुर पश्चिम, सहारा क्लब पोखरा, सिक्किम युनाइटेड भारतले सहभागिता जनाउने छन् ।

जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीको जमघट हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक एसियन थाइ फुट्स रमपम रहेको अध्यक्ष गिरीले बताए । जसले विजेता टिमको पुरस्कार स्पोन्सर गरेको छ ।

‘झापा जिल्ला फुटबलको व्यावसायिकता तर्फ अघि बढिरहेको छ,’ अध्यक्ष गिरीले भने, ‘जसको नमूना झापाका खेलाडीलाई अनुमोदन गर्न थालेका छौँ । यो वर्ष विद्यालय स्तरका ४० वटा भन्दा बढी विद्यार्थीलाई समेत दर्शकका रुपमा यो प्रतियोगितामा खेल हेर्नका लागि ल्याउँदैछौँ । जसको उद्देश्य विद्यालयस्तरमा पनि फुटबलको विकास होस् भन्ने हो । फुटबलको व्यावसायिकतालाई अघि बढाउने नै यो प्रतियोगिताको मुख्य लक्ष्य हो ।’ पछिल्लो समय झापाले फुटबलको क्षेत्रमा निकै फड्को मारेको छ । झापा गोल्डकप त्यसको अर्काे उदाहरण हो । झापा वार्षिक ६ वटा भन्दा धेरै ठूला गोल्डकप आयोजना हुँदै आएका छन् । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप, सुरुङ्गा गोल्डकप, शिवसताक्षी गोल्डकप, दमक गोल्डकपलगायतका ठूला खेलहरु आयोजना हुँदै आएका छन् । जसले खेलाडीलाई उत्साहित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: