गोविन्दको छाती

  प्रकाशित मिति
२८ फाल्गुन २०७३, शनिबार १२:१२


munaraj srma
देशको रक्षामा कङ्कृट बनेर उभियो उसको छाती
चल्दा चल्दै निभायो उसको छाती
ऊ बाँच्ने भए म च्यातेर दिन्छु आफ्नै छाती
ऊ उभिने भए म पैंचो दिन्छु मेरो मुटु
ऊ फेरि बोल्ने भए म बोल्दिन बरू
म उसैलाई दिन्छु मेरो आवाजहरू
यतिखेर हामीलाई चाहिएको छ
एक असली आवाज
तिनीहरूको विरुद्ध दनदनी दन्कने आवाज
हामीलाई हामी हुुनुको गर्वबोध गराउने
एउटा भर्जिन आवाज
ऊ हिड्छ भने म मेरो पाइतालाहरू दिन्छु
बरु म ठिङ्ग उभुँला
यतिखेर हामीलाई यी हजारौं कायरहरूको बिचमा
गतिसँग इमानको सडकमा दौडने बहादुरहरूको खाँचो छ
उसले बेइमानहरू चिन्छ भने
म दिन्छु दुवै आँखा
बरु म कानहरुले हेरुँला शब्दको गहिराई
यो देशको माटोको गन्ध सुँघ
हजारौं गोविन्दहरुको रगत गन्हाउँछ
इतिहासहरू सच्याएर हेर
विचारहरूको कस उधिनेर हेर
देखिनेछ छ्याङ्ग !
हजारौं अछुतहरुको छाती
हजारौं वीरहरूको छाती
हजारौं आमाहरूको छाती
हजारौं सबाल्टर्नहरूको छाती
देशको भूगोललाई सुरक्षा दिएर बाँचिरहेका
सदियौँ सदियौँदेखि
यो छाती च्यात्नेहरू
यो गिदी झिक्नेहरू
हाम्रो मुटु कलेजो खानेहरू
हाम्रै मुटुमा टेकेर मुटु लुछिरहेछन्
मलाई यस्तो बेला
आफ्नै मुटुबाट त्यो नाम्ले त्यो फितेजुका
थुतेर आगोमा हाल्न मन लाग्छ
त्यो झ्वाँई झ्वाँई डढेको खरानी होइन्जेल
एलमजी एसएलआर उत्सवले घेरेर बाँच्न मन लाग्छ
आऊ सबैको आँखा जोरौँ
हामीले हामीलाई गहिरिएर चिन्नु पर्छ
आऊ सबैको छाती जोडेर उभिऊँ
हामी तिनीहरूको विरुद्ध उभिनु पर्छ
आऊ पाइतालाहरू जोडौँ हामी
उनीहरू विरुद्ध दौडनु पर्छ
र, बन्नु पर्छ पर्खाल ।
(बुद्धशान्ति, झापा)

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: