गौरादह, ३१ साउन । गौरादह नगरपालिका भित्र २२ लाख १७ हजार ६ सय ३० रुपयाँको लागतमा २१ वटा सडक सोलार बत्ती जडान गरिएको छ ।
हाटबजार, आवतजावत तथा बढी भीडभाड हुने चौकमा उक्त सडक बत्तीहरु जडान गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयको १६ लाख, नगरपालिकाको चार लाख र उपभोक्ताबाट दुई लाख १७ हजार ६ सय ३० रुपयाँको लागतमा बत्ती जडान गरिएको नगर अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिए ।
सोलारका सडक बत्ती हाललाई गौरादह बजारमा पाँच, जुरोपानी सात, महारानीझोडामा चार र कोहबरामा पाँचवटा गरी २१ वटा जडान गरिएको कार्कीले बताए ।
सडक बत्तीका लागि नौ मिटरको पोलमा १२ भोल्ट र एक सय एम्पियरको व्याट्री तथा ४० वटाको बत्ती राखिएको नगरपालिकाका इन्जिनियर सचिनकुमार क्षेत्रीले जानकारी दिए ।