गौरादह नगरपालिका पूर्ण खोपमुक्त घोषणा

  प्रकाशित मिति
२२ असार २०७३, बुधबार १५:०६


image

गौरादह । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई सदैव अवलम्बन गर्ने लिखित प्रतिबद्धताका साथ बुधबार गौरादह नगरपालिकालाई पूर्ण खोपमुक्त नगरपालिका घोषणा गरियो ।

गौरादह नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको आयोजनामा गौरादह बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा राजनीतिक दल र विभिन्न संघ–सस्थाहरुका प्रतिनिधिहरुले घोषणा पत्रमा हस्ताक्षर गरेका थिए ।

नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको सभापतित्वमा संचालित कार्यक्रम झापाका स्थानीय विकास अधिकारी एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष खेमराज ओझाको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

जिल्ला खोप समन्वय समितिका उप समितिका सदस्यहरुबाट स्थलगत सर्वेक्षण गरि तयार पारिएको प्रतिवेदनका आधारमा झापामा शनिअर्जुन नगरपालिका र शिवसताक्षी नगरपालिका पछि गौरादह नगरपालिकालाई झापा जिल्लाकै तेस्रो पूर्ण खोप मुक्त नगरपालिकाको रुपमा घोषणा गरिएको प्रमुख अतिथि ओझाले बताए ।

कार्यक्रममा गौरादह स्वास्थ्य चौकीका प्रमुख पर्शराम भट्टराईले ०६९÷०७० देखि ०७१÷०७२ को नगरपालिकाको खोपको स्थितिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला जनस्वाथ्य कार्यालय झापाका प्रमुख देवराज कार्कीले कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिने संघ सस्था र व्यक्तिहरुको चर्चा गरेका थिए । कार्यक्रममा पार्टीहरुका तर्फबाट नेपाली काङ्ग्रेसका नगर सभापति यादवराज सेडाईं र जनता उमाविका प्रधानाध्यापक बुद्धिमान कार्की लगायतले बोलेका थिए ।

पूर्ण खोपमुक्त नगरपालिका घोषणा गर्न सहयोग गर्ने विभिन्न स्वास्थ्य संस्था लगायत स्वाथ्यकर्मीहरुलाई दोसल्ला ओडाएर प्रमाणपत्र वितरण गरी सम्मान गरिएको कार्यक्रममा महिला स्वास्थ्य सेवी सुस्मा पौडेलले स्वागत गरेकी थिइन् । कार्यक्रम महारानीझोडा स्वास्थ्य चौकीका प्रमुख गोविन्द श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: