गौरादह हत्याकाण्ड : मनमायाका श्रीमान पक्राउ, ‘हत्या हुँदा सँगै थिए’

  प्रकाशित मिति
१६ आश्विन २०७७, शुक्रबार १६:२१


फोटो : ओमकार टाइम्स, गौरादह

झापा, १६ असोज । गौरादहमा ६५ वर्षीया वृद्धा मनमाया भण्डारीको हत्याको आरोपमा प्रहरीले उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको छ ।

विहीवार बेलुका पक्राउ गरिएका भीम भण्डारीलाई शुक्रवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

मनमायाको असोज १२ गते दिउँसो साढे ४ बजेतिर गौरादह–१ स्थित आफ्नै घरमा विभत्स हत्या भएको थियो ।

दुबै हात बाँधेर खाटमुनि लुकाइएको अवस्थामा मनमायाको शब फेला परेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्ट, घटनाको प्रकृति, परिस्थिति, छरछिमेकी लगायतको विश्लेषणको आधारमा मृतक मनमाया भण्डारी र उनका पति ६४ वर्षीय भीम भण्डारी सँगै रहेको अवस्थामा घटना भएको प्रवक्ता थापाले अनुसन्धानबाट खुलेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: