गौरीगञ्जबाट ६ सय ७० नागरिकता वितरण

  प्रकाशित मिति
२६ असार २०७३, आईतवार १४:३९


nagarikata

गौरादह । इलाका प्रशासन कार्यालय गौरीगञ्जबाट ६ सय ७० ले नागरिकता लिएको तथ्यांकले देखाएको छ ।

दक्षिणी सिमावर्ती गाविस गौरीगञ्जमा २०७२ साल चैत्र २६ गते क्षेत्र नं.६ भित्रका गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगञ्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोवास गर्ने स्थानीय बासीहरुलाई लक्षित गरी स्थापना गरिएको कार्यालयबाट असार १५ गतेसम्ममा ६७० ले नागरिकता लिएका हुन् ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जले नागरिकता राहदानी, नावालक परिचय पत्र, उजुरी, शान्ति सुरक्षा, बजार अनुगमन र सीमा निरिक्षण जस्ता कार्यहरु गर्दै आएको छ ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जका शाखा अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार गत असार १५ गते सम्ममा ६ सय ७० जनाले नागरिकता लिएको, ४ सय ४१ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् । सातजनाले बैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।
अंगीकृत नागरिकता लिनेहरुमा मित्रराष्ट्र भारतबाट कार्यालयको सेवा क्षेत्रभित्र विवाह गरी आउने रहेको आचार्यले बताए ।

आचार्यका अनुसार नावालक परिचय पत्र १५ जनाले लिएको र द्रुत राहदानी सिफारिस एक सय १६ जनाले लिएका छन् । यसै गरी ४ सय ८० जनाले नयाँ राहदानी लिएका छन् । संस्था नविकरण दुई वटा तथा ठाडो उजुरी निवेदन १६ जनाको परेको र बजार अनुगमन एक पटक गरिएको पनि आचार्यले बताए ।

प्रशासन कार्यालयमा आठ जनाको दरवन्दी रहे पनि सात जनाले कार्य गरिरहेका छन् । कम्प्युटर चार वटा रहे पनि केही कम्प्युटर र इन्भटर नहँदा लाइन गइरहने हुनाले कार्य गर्न केही समस्या रहेको र यातायातका साधान नहुँदा अनुगमन गर्न थप समस्या रहेको आचार्यले बताए ।

नागरिकताको प्रतिलिपी लिन आएका सेवाग्रही गौरादह नगरपालिका वडा नं.११ निवासी नारद गड्तौलाले नागरिकता सम्बन्धी काम गर्न टाढा धाएर जानु नपरेको र नजिकै कार्यालय भएकाले सहजै नागरिकताको प्रतिलिपी पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: