गौरीगञ्जबासीको अढाई सयमै पीसीआर जाँचिने

  प्रकाशित मिति
२८ श्रावण २०७७, बुधबार १५:३३


गौरीगञ्ज, २८ साउन । गौरीगञ्जको उद्योग वाणिज्य संघले गाउँपालिकाका सर्वसाधारणको सशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

संघले इच्छुक जोकोहीले परीक्षण गर्न चाहेमा गराइदिने जनाएको छ ।

संघका अध्यक्ष मखन महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीले पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

संघले गाउँपालिकाभिका इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाव परीक्षणका लागि आउन विहीवार विहान वाणिज्य संघको कार्यालयमा सूचित गरेको छ ।

यो परीक्षणका लागि गाउँपालिकाको समेत सहकार्य रहेको महतोले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: