गौरीगञ्जमा विद्युत् महसुल सङ्कलन केन्द्र

  प्रकाशित मिति
२१ पुष २०७२, मंगलवार ०७:४२


झापा । नेपाल विद्युत् प्राधिकरणले झापाको गौरीगञ्जमा सामबारदेखि महसुल सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रका विद्युत्का ग्राहकलाई महसुल बुझाउन थप सुविधा पु¥याउन केन्द्रले साप्ताहिक रूपमा दुई दिन सेवा विस्तार गरेको हो ।

गौरीगञ्ज बजारमा सोमबार एक कार्यक्रम गरी सो सेवाको व्यवस्थापिका–संसद् सदस्य दीपक कार्की र प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले शुभारम्भ गरेका थिए ।

उक्त सङ्कलन केन्द्रबाट साताको सोमबार र बुधबार दिनभरि विद्युत् महसुल सङ्कलन गरिने जानकारी प्राधिकरणको गौरादह प्रशाखाका प्राविधिक प्रमुख रामचन्द्र ठाकुरले दिनुभयो । उक्त केन्द्रबाट यस क्षेत्रका गौरीगञ्ज, खजुरगाछी, महाभारा, कोरोबारी, जुरोपानी र कोहवराका करिब १० हजार ग्राहकलाई सुविधा पुग्ने उनले बताए ।

विद्युत् महसुल केन्द्र नहुँदा त्यस क्षेत्रका ग्राहकले गौरादह, दमकसम्म महसुल बुझाउन समस्या भोग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: