गौरीशङ्कर पत्रकारिता पुरस्कार इन्द्रसिंहलाई

  प्रकाशित मिति
१ फाल्गुन २०७४, मंगलवार ११:०३


झापा । माओवादी नेता गौरीशङ्कर खड्काको स्मृतिमा स्थापित गौरीशङ्कर स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकार इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गरिने भएको छ ।
दमकमा सोमबार बसेको पुरस्कार छनोट समितिले राजवंशीलाई १५ हजार रुपैयाँ राशीको सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत हुने पत्रकार राजवंशी २०५४ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा व्रिmयाशील छन् ।

बिर्तामोडको आरम्भ एफएमका समाचार सम्पादक रहेका राजवंशीले विभिन्न सञ्चारमाध्यमको प्रमुख भूमिकामा रही काम गरिसकेका छन् । समाज परिवर्तनका लागि सञ्चार क्षेत्रबाट योगदान पुर्याएकाले उनलाई पुरस्कृत गरिने भएको हो ।

अग्रज पत्रकार गञ्जबहादुर दाहाल संयोजक रहेको पुरस्कार छनोट समितिको सदस्यमा प्रेस सेन्टर झापा अध्यक्ष टिकाराम उप्रेती र उपाध्यक्ष झुलन रेग्मी रहेका थिए । बैठकमा गौरीशङ्कर स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुडाल र सचिव रमेश गुरागाईको पनि उपस्थिति रहेको थियो ।
आउँदो फागुन ९ गते खड्काको स्मृति दिवसका दिन बिर्तामोडको आँगन होटल एन्ड पाटी प्यालेसमा विशेष कार्यव्रmम गरी राजवंशीलाई पुररस्कृत गरिनेछ ।

यसअघि सो पुरस्कारबाट पत्रकार चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल र कृष्ण हुमागाई पुरस्कृत भइसकेका छन् ।

बिर्तामोड निवासी खड्काको २०६८ सालमा बोनम्यारो क्यान्सरका कारण निधन भएको थियो । उनी पहिलो संविधान सभाबाट सांसदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: