घटेको छैन कोरोना, चौबीस घण्टामा ४३ जनाको मृत्यु

  प्रकाशित मिति
१ श्रावण २०७८, शुक्रबार २०:१४


झापा, १ साउन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप १ हजार ७७५ जना निको भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।

तीमध्ये ९ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् ।

यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५४१ जना काठमाडौं उपत्यकाका हुन् ।

जसमा काठमाडौंका ३४३, ललितपुरका १३६ र भक्तपुरका ६२ जना संक्रमित छन् ।

यस्तै सुनसरीमा २८४, मोरङमा २४६, झापामा १५१, चितवनमा ५७ र कैलालीमा ५१ जनामा संक्रमण देखिएको छ ।

मकवानपुरमा ४९, रुपन्देहीमा ४४, नवलपरासी पूर्वमा ४०, नुवाकोट र सुर्खेतमा ३५÷३५, कञ्चनपुरमा २७ र उदयपुरमा २१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज