खम्बामा ठोक्किँदा बालकको मृत्यु

  प्रकाशित मिति
२३ जेष्ठ २०७४, मंगलवार १०:०४


दमक, २३ जेठ । आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन् ।

सोमबार साँझ ६ बजेतिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो । खम्बामा टाउको ठोक्किएर गम्भीर भएका उनलाई उपचारका लागि दमकतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: