घरघरमै पुग्छ धान मिल

  प्रकाशित मिति
१५ असार २०७३, बुधबार १३:१०


DSC07909शान्तिनगर । शान्तिनगर–२ का कृष्ण कुइँकेलले तीन महिना अघिसम्म धान, मकै पिस्नु पर्दा बोकेर टाढाको मिलमा लैजानु पर्ने बाध्यता थियो । उनीसँग घरमा न त गाढी थियो, न त कुनै साधन । यसका लागि उनले भाडामा गाडी खोज्नु पथ्र्यो । तर, अहिले उनले धान पिस्न कुनै कष्ट गर्नु पर्दैन । उनलाई न त गाडीकै समस्या हुन्छ न त भारी बोक्नु पर्ने बाध्यता नै छ ।

शान्तिनगर–५ का गजाधर पौडेलका लागि पनि यो समस्या हल भएको छ । यसअघि उनको पनि समस्या कृष्णको भन्दा कम थिएन । यो सबै समास्याको समाधान गरिदिएका छन्, सोही ठाउँका रमेश अधिकारीले । उनले धान, कमै, कोदो तथा पिठो पिस्नका लागि ट्याक्टरमा जडित मिल सञ्चालनमा ल्याएपछि कृष्ण र गजाधरको मात्र होइन सिङ्गो शान्तिनगरबासीको समस्या हल भएको छ ।

छ महिना अघिदेखि सञ्चालनमा ल्याएको यो मिल यतिबेला शान्तिनगरमा निकै लोकप्रिय बनेको छ । यसका लागि अधिकारीलाई एक कल फोन गरेमा उनले घर–घरमा लगेर धान पिस्ने गर्छन् । आठ लाखको लगानीमा सञ्चालन गरेका अधिकारीले पुरानो ट्याक्टरलाई सदुपयोग गरेर सोही ट्याक्टरको इन्जिनले ट्रलीमा जोडेको मिलको मेसिन चलाउने गरेका छन् ।

‘अहिले त धेरै सजिलो भएको छ’, कृष्ण कुइँकेलले भने, ‘पहिले धान पिस्नु पर्दा बोकेर टाडासम्म मिलमा लानु पर्ने गरेको थियो । कहिले बिजुली हुँदैनथ्या, कहिले पालो पाउनै मुस्किल पथ्र्यो । तर, अहिलो यो मिल सञ्चालनमा आएपछि ती सबै समस्या हल भएको छ ।’

धान पिस्नका लागि अधिकारीलाई बिहानैदेखि भ्याइ–नभ्याइ हुन्छ । कसको पालो कतिखेर हो भनेर उनी डायरीमा लेख्ने गरेका छन् । सुविधा अनुसारको केही रकम धेरै परे पनि सबैले रुचाएको उनी बताउँछन् । ट्याक्टरमा धान मिल सञ्चालनमा ल्याएपछि यस क्षेत्रका सबैका लागि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: