घरधनिले गरे लकडाउन अवधिको होटल भाडा छुट

  प्रकाशित मिति
३० असार २०७७, मंगलवार १९:२९


।। अर्जुन कार्की ।।

मेचीनगर । काँकरभिट्टा स्थित एक होटलका घरधनिले लकडाउन अवधिभरीको होटलको भाडा छुट गरेका छन् ।

मेचीनगर–६ स्थित काँकरभिट्टाको आर्दश होटलका सञ्चालक निर्मला मगरलाई घरधनि मानबहादुर तामाङले लकडाउन अवधिभरीको होटलको भाडा छुट गरेका हुन् ।

गत चैत ११ गतेदेखि आगामी साउन ५ गतेसम्म तिर्नु पर्ने होटलको भाडा घरधनिले तामाङले छुट दिएको आर्दश होटलकी सञ्चालक मगरले बताइन् ।

काँकरभिट्टाको वडा कार्यालय जानेबाटो छेउको चारतले उक्त होटलको मासिक भाडा २० हजार रुपैयाँ रहेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताए ।

लामो समयदेखिको लकडाउनले पलायन हुने स्थितिमा पुगेका होटल व्यवसायीलाई धेरै राहत मिलेको उनले बताए ।

संघका तर्फबाट अध्यक्ष श्रेष्ठले घरधनि तामाङलाई धन्यवाद दिएका छन् ।

उक्त होटलका घरधनिले करिव पाँच महिनाको भाडा छुट गर्नुले संघ एकदम खुशी भएको र अन्य होटलका मालिक, बैँक, खानेपानी, कर कार्यालय तथा सहकारीहरुले पनि व्यवसायीको मर्म बुझिदिन श्रेष्ठले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: