लकडाउनभरिको भाडा छुट दिन थाले घरधनीहरुले

  प्रकाशित मिति
३ श्रावण २०७७, शनिबार १३:५८


मेचीनगर, ३ साउन । काँकरभिट्टास्थित होटलका घरधनीले लकडाउन अवधिको कोठा भाडा धमाधम छुट गर्न थालेका छन् ।

मेचीनगर–६ स्थित काँकरभिट्टाको एभरेष्ट होटलका सञ्चालक डम्बरकुमारी श्रेष्ठ (टिकामाया)लाई घरधनी घनश्याम कार्कीले लकडाउन अवधिभरको होटलको भाडा छुट गरेका हुन् ।

दिक्तेल होटल

त्यस्तै काँकरभिट्टाको दिक्तेल होटलका सञ्चालक बुद्वमाया राईलाई घरधनी प्रेमकुमार गुरुङले लकडाउन अवधिभरको होटलको भाडा छुट गरेका छन् ।

उनीहरुले गत चैतदेखि असार महिनासम्मको होटलको कोठा भाडा छुट गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ ९गोपाल०ले बताए ।

उक्त होटलहरुको मासिक भाडा २० देखि ३० हजार रुपैयाँसम्म रहेको उनले बताए ।

यसअघि काँकरभिट्टाको आदर्श होटलका सञ्चालक निर्मला मगरलाई घरधनी मानबहादुर तामाङले लकडाउन अवधिभरीको होटलको भाडा छुट गरेका थिए ।

केहि घरधनीले होटल कोठा भाडा लिनेलाई १ महिना, २ महिनाको छुट गर्न पनि थालेका छन् ।

‘घरधनीले पनि ऋण लिएर घर बनाएका छन्’,–अध्यक्ष श्रेष्ठले भने–‘बैँकले व्याजमा छुट नगरेका कारण घरधनी पनि समस्यामा छन् ।’

होटल व्यवसायीलाई जति सकिन्छ छुट गरिदिन घरधनीलाई उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: