घरभाडा पछि तिर्न पाउने निवेदन सर्वाेच्चद्वारा दरपिठ

  प्रकाशित मिति
२ असार २०७७, मंगलवार २२:२१


मेचीनगर । सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा पछि तिर्न पाउने मागसहितको निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।

राधाकृष्ण कटुवाल लगायतले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाको आदेशमा दरपिठ गरिएको हो ।

लामो समयको लकडाउनले सबै क्षेत्र ठप्प भएको र १६ चैत २०७६ मा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधिको भाडा नलिन आह्वान भए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै रिट निवेदन दायर गर्न खोजिएको थियो ।

भाडावालले छुट माग्दा दुवै पक्षबीच तनाव र्सिजना भई घरबाट निकाल्ने, बत्ती पानी नदिने, भाडा लिएर घर खाली गर्न दवाव दिने लगायत गतिविधि भई कतिपय अवस्थामा भाडामा बस्ने नागरिकले आत्महत्यासम्म गर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारका नाममा दायर गर्न खोजिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको हो ।

‘नागरिकले स्वतन्त्र रुपमा बाँच्न र काम गर्न पाउने अधिकारबाट सरकारले नै गरेको लकडाउनले बञ्चित हुनु र सरकारकै तर्फबाट भाडा मिनाह गर्न आह्वान हुनुले घर धनी र भाडावालबीच द्वन्द्वात्मक स्थिति सिर्जना हुन पुगेको छ ।’

सर्वोच्च अदालत पनि सामान्य नागरिकको जनजीविकासँग जोडिएको विषयमा उदासिन रहँदा निम्न वर्गका नागरिक झनै समस्यामा परेका निवदेकद्वयले भनेका छन् ।

‘व्यापार व्यवसायको हकमा सर्वोच्च अदालतले हालै मात्र लकडाउन अवधिको कर लकडाउन खुलेको एक महिनामा तिर्दा हुने अन्तिरिम आदेश दिए पनि सामान्य वर्गको हितको मागप्रति वेवास्ता गरेको छ’, निवेदकद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: