घरभित्रको सुन्दरता निखार्दै मुस्लिम चेली

  प्रकाशित मिति
१४ चैत्र २०७५, बिहीबार १८:३५


आत्मविश्वास र साहसका साथ साहानाले सुरुवात गरेको ब्यवसाय झापामा नौलो हो । तर यो समयको माग र नयाँ सोचको उपज पनि हो । यसले नेपाली युवा पिढीमा देशमै केही गर्न सकिने सन्देश दिएको छ ।

।। केशवराज भण्डारी ।।
विर्तामोड । इन्टेरियर डिजाइन सुरु गरेकी साहाना अली यति बेला इन्टेरियर तथा एक्सटेरियर डिजाइनमा ब्यस्त छिन् ।

घर निर्माण हुनु पूर्व या निर्माण सम्पन्न भइसके पछिको सजावट अर्थात डिजाइनका लागि विगतमा भारत वा अन्य देशमा मात्र डिजाइन गराउने सुविधा थियो । पछिल्लो समयमा फर्निचर तथा आल्मुनियम ब्यवसायीहरुले विदेशीको डिजाइन अनुसार घर कोठा चोटाको ब्यवस्थापन तथा श्रृङ्गार गर्ने चलन बढेको छ ।

यसै कुरालाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिका वडा नं. ८ की २४ वर्षीया साहाना अलीले यी सम्पूर्ण डिजाइन सेवा झापाको विर्तामोडमा सुरु गरेकी छिन् ।
इन्टेरियर तथा एक्स्टेरियर अर्थात घर भित्र तथा वाहिर दुवैको कमर्सियल तथा रेसिडेन्टल डिजाइन गर्ने साहानाले आइएनआइएफडी अन्तर्गत भारतको सिलिगुडीमा डिजाइनको कोर्ष सुरु गरेकी हुन् ।

उनले साइनाथ युनिभर्सिटी झारखण्डको सम्वन्धन प्राप्त नयाँ दिल्लीमा रहेको एक कलेजबाट २ वर्षको ग्रयाजुएसन कोर्ष गरी १ वर्ष नयाँ दिल्लीकै साउथ एक्स डिभाइन इन्टेरियरमा जागिर सँगसँगै इन्टर्नशिप गरिसके पछि आफ्नै देशमा फर्किएर बैङ्क, अफिस, घर, हस्पिटल, स्कुल, पसल, म्युजियम, रेस्टुरेन्ट एन्ड वार, शो रुम, वाल वच्चाहरुका लागि घर भित्र वा बाहिर खेल्ने ठाउँ लगायतकोे वास्तु शास्त्र अनुसार नै आकर्षक डिजाइन गर्दै आएकी छिन् ।

विर्तामोडस्थित निल डेभिडको आधुनिक सुविधा सम्पन्न सैलुनको डिजाइन गरिसकेकी साहाना भन्छिन्–‘विदेशमा गएर हामीले केहि सिकेर आउने हो त्यो सिपलाई आफ्नै देशमा प्रयोगमा ल्याउन सकियो भने देश विकास आफैँ हुन्छ ।’

टुडी तथा थ्रीडी क्वालिटीमा डिजाइन गर्ने गरेकी साहानाले विर्तामोड नगरपालिका वडा नं. ५ को पाथिभरा टोल रोड नं. १ मा सना इन्टेरियर डिजाइन नाम दिएर ६ महिना अघिदेखि अफिस सञ्चालनमा ल्याएकी छिन् । हालसम्ममा लगभग १२ वटा फरक फरक डिजाइनको काम सम्पन्न गरेकी साहानाले २० वडा डिजाइनको काम सम्झौता गरिसकेके बताइन् ।

साहानाको परिवारमा बुवा, आमा र भाइ छन् । बुवा आमाको छुट्टै सिरक दोकान छ भने भाइले पनि १२ कक्षा उत्तीर्ण गरी आर्किटेक्ट अध्ययनका लागि तयारी गरिरहेका छन् । भाइले आर्किटेक्टको कोर्ष सके पछि भने दिदी भाइको पढाइ र ब्यवसाय एक सिकाका दुइ पाटा हुने बताउँदै साहाना भन्छिन–‘भाइले कोर्ष सके पछि मैले डिजाइन गर्छु, भाइले डिजाइन अनुसारको काम गर्छन्, त्यसले हामी दुवैलाई काम गर्न सहज हुन्छ ।’

आत्मविश्वास र साहसका साथ साहानाले सुरुवात गरेको ब्यवसाय झापामा नौलो हो । तर यो समयको माग र नयाँ सोचको उपज पनि हो । यसले नेपाली युवा पिढीमा देशमै केही गर्न सकिने सन्देश दिएको छ ।

(भण्डारी दमकको हिमशिखर टेलिभिजनमा कार्यरत पत्रकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: