घरभित्रै हिंसा

  प्रकाशित मिति
१४ बैशाख २०७६, शनिबार १७:३५



नीता पोखरेल

मानिसको जीवन तिनै कुराहरुवाट प्रभावित हुन्छन् जो तिनले देखेको भोगेको र अनुभव गरेका हुन्छन् । कसैको अनुभव र भोगाईहरुलाई कहिल्यै पनि आफ्नो ज्ञान या बुद्धिले मापन गरेर कसैको भोगाई र कसैको दुखाईलाई कसैले पनि आफ्नो ढंगको बुझाइ र ज्ञानले व्याख्या या अपव्याख्या गर्नु हँुदैन । अनि कसैको यातनामा ह“ास्ने र भद्दा मजाक गरिरहँदा फरक्क एकपल्ट आफ्नो लाचारी र असक्षमतालाई विर्सनु पनि हँुदैन । अपराध या हिंसा सधै अमानवीय र कारुणिक नै हुन्छन् । र सधै यस्ता हिंसा मानवीय प्रेम विपरीत हुन्छन् । कसैमाथि हिंसा भइरहँदा काखी बजाउने र आफ्नो घर परिवारभित्रको महाहिंसालाई दवाउँदैमा सत्य बदल्न सकिदैन ।

तपाई हामी हिंसा विरुद्ध लड्न सक्दैनांै नलडौं । हिंस्रक चरित्रको पक्षपोषण गरिरहँु ता कि तपाई हामी माथि हिंसा वज्रिरहोस् एक पछि अर्को गर्दै । तर, जो हिंसा सहिरहन वाध्य छन् उनीहरु उन्मुक्ति चाहन्छन् भने तिनलाई रक्षा गर्न सिक्नोस्, तिनमाथि सहयोग र प्रेम दर्शाउन सिक्नोस्, तिनीहरुमाथि भइरहेको अत्यचारका वारेमा सोच्नोस्, वुभm्नोस् र समाजिक, कानुनी परामर्श दिनोस् । तव मात्र तपाई हामी सामाजिक मानिस हौं होइनौं भने कथित समाजसेवीको ढोग रचेर म समाज सुधारक हँु भन्नुहुन्छ भने तपाईको चेहराको त्यो कालो कुत्सित मुखडो खोलेर आर्दसको खोक्रो भाषण खल्तीमा वोकेर हिड्नोस् त्यही नै तपाईको असली चेहरा हो त्यही नै तपाईको वास्तविक परिचय हो ।

जो अत्यचार सहेर पटकपटक मर्छ उ वास्तवमै बा“चेको हुँदैन हरपल मरेर पनि बाँचेको अभिनय गर्नु वाध्यता या जीवनप्रतिको मोह हुन सक्छ । यसरी बा“च्न चाहनेलाई साथ र सहयोग गर्नोस् तपाई हामीले मन्दिर धाइरहनु पर्छ जस्तो लाग्दैन । हिंसा सहनु भनेकै हिंसाको संरक्षण गर्नु हो । आवाज हिंसा विरुद्ध उठनैपर्छ । महिलाले पुरुष सत्ता खोजेकी कदापि होइन । एउटा शान्त वातावरण, प्रेमील र सहयोगी हातहरु खोजेकी हो । आत्मासम्मान, र सामाजिक प्रतिष्ठा खोजेकी हो । आत्मासम्मान र सामाजिक प्रतिष्ठा विना कोही पनि ज्यूँदो रहन सक्दैन । जो महिला आफूमाथि हुने यातना सहेर घरपरिवारमा खुशीको वातावरण दिलाइरहेकी हुन्छे, सबैको सेवा र सत्कारमा तैनाथ रहन्छे उसैमाथि हात उठाउन,े ताडना दिने र उस्को आत्मासम्मान गिराउने प्रयत्न गरिन्छ भने घर उसका लागि घर नभएर मसानघाट समानै हुन्छ । हुन सक्छ उ आर्थिक परनिर्भरता र सामाजिक अन्योन्यास्रिताले गर्दा विद्रोह गर्न सक्दिन या तपाई उसको विद्रोह दवाउन उ माथि वल प्रयोगको घिनलाग्दो अस्त्र प्रयोग गरिरहनु भएको छ भने तपाई आफ्नो नामर्दीपनको ध्वज्जी आफैँ उडाइरहनु भएको छ । तपाई आफ्नो आक्रोशको कारण अरुलाई देखाएर हिंसा गर्नु हुन्छ र आफ्नो रिसलाई कावुमा राख्न सक्नुहुन्न भने अरुमाथि अत्यचार गर्ने के हक छ तपाईलाई ?

हिंसा सधै द्वन्द्ववाटै जन्मीन्छ । द्वन्द्व असमान व्यवहार र दमनवाट जन्मन्छ तर निर्देामाथि वज्रने प्रहार तपाईको शक्ति कदापी होइन कमजोरी हो । साँच्चिकै शक्तिशाली भद्र, शालीन व्यक्तिले यस्तो निच र घटीयास्तरको व्यवहार कदापी दो¥याउँदैन । फेरि पनि भन्छु हिंस्रक भन्दा नि हिंसा सहने बढी दोषी प्रतित हुन्छ कहिलेकहीँ । यही समाज हिंस्रकलाई उक्साउँछ र हिंसालाई वढ्वा दिइरहेको हुन्छ । कर्तव्य, इज्जत, धर्म आदि इत्यादिको नाम दिएर । तिमी हिंस्रकसामु त्यसवेला मात्रै थोरै दब्न सक्छौ जव उ तिम्रो सामुन्ने तिम्रो ज्यान लिने अभिप्रायले उभिएको छ । होइन भने अत्यचार, ताडना सहेर सम्वन्ध वन्छ र वनाइन्छ भन्ने कुरामा विश्वास लाग्छ भने त्यो मात्रै भ्रम हो, निश्चित छ यस्तो कफल्लो भ्रममा उल्झिएको सम्वन्धको एक दिन चँुडिन्छ । सम्वन्ध समझदारी, सदभाव र समानतावाट बन्छ । एउटा यातनाको पराकाष्टमा पुगेर यातना दिइरहेको छ अनि इज्जत, सम्मान, र आर्दशको अपेक्षा पीडितवाट राख्नु, आफैमा लँगडो विचार हावी भएपछि यसरी सम्वन्धमा सुमधुरता कहिले आउन सक्छ ?

सम्झौता त्यो हदसम्म मात्रै गर जव तिम्रो निर्दोषितामा कसैले वलात्कार नगरोस् । यदि परिवारको खुशी र सन्तानको भविष्यका लागि सम्झौता गर्नुपर्छ भने त्यस्तो सम्झौता गर जहा“ तिमीले फेरि मर्न नपरोस् । वास्तवमा त्यही नै हिंसाविरुद्धको असली क्रान्ति हो । हिंसा जहिले पनि शक्तिको आडमा गरिन्छ । निर्धो र असक्षममाथि वलियो ठानिएको मान्छे नै हो वज्रने । निर्धो र असक्षम मानिस कमै हिंसा गर्नेमा पर्छन् । बरु उनीहरु सधै हिंसाको चपेटामा परेर आफ्नो अस्तित्व धरासयमा पारिरहेका हुन्छन् । अनि हिंसात्मक क्रियाकलापमा महिला भन्दा वढी पुरुष नै संलग्न रहेको पाइन्छ । धेरै हिंसात्मक घटना पुरुषद्वारा नै घटाइएको हुन्छ । र हिंसाको सिकार महिला भइरहेका हुन्छन् । हिंसाका प्रकृति कुटपिट, गालीगजौल, मानसिक यातना, शारीरिक यातना, झुटा आरोप, दमन, आर्थिक दमन, यौन प्रतडना आदि हुन सक्छन् ।

महिला हिंसाको कुरा गरिरहँदा हिंसाको मूल थलो भन्नु नै परिवार हो । परिवारवाट हिंसा, अत्यचार, हत्या, आगजनी, वोक्सी प्रथा, छाउपडी प्रथा जस्ता जगन्य अपराधहरु जन्मन्छन् र जन्माइन्छन् । रिस कसलाई उठदैन ? महिलालाई रिस उठदैन र ? प्राकृतिक संवेग महिला पुरुष दुवैमा उस्तै हुन्छ । फरक यति हो महिलाले रिसलाई दमन गर्र्न सिक्नुपर्छ र संयमता देखाउँछन् पुरुषले चर्को वनाउँदै हिंस्रक रुप दिन्छन् । जसलाई पितृसत्तात्मक समाजमा छुट दिइन्छ, पक्षपोषण गरिन्छ । परिवारमा पनि आमा या दिदी वैनी उति सारो प्रताडित हँुदैनन् जति वुहारीहरु प्रताडित भएका हुन्छन् । अर्काको घरवाट विहे गरेर ल्याएकी केटी अर्थात नवआगन्तुक श्रीमती नै परिवारमा अर्घेलो देखाइन्छ र विवाह गरेरै ल्याएको दिनदेखि उभित्रका नभएका दुर्गुण खोजेर उसलाई हिल्याइने काम हुन्छ । काम कर्तव्यको थाम्नै नसक्ने वोझले उसको शीर निहुरियाइन्छ र पूर्णतया पारिवारिक चार दिवालभित्र वाँधेर एउटा पशु पालेझै खान लाउन दिएकै भरमा उमाथि आफ्नो शासन त छँदैछ, अत्यचार पनि वढाएका कयौं घटनाक्रमहरु समाजमा देखिन्छन, त्यसैका उदारण त हुन नी समाजमा वेलावेला वाहिरिने ,हिंसाका घटनाक्रमहरु । कुनै पनि घटना आकस्मिक घट्दैन । घटना घट्नुस““ग घट्नाक्रमहरु जोडिएका हुन्छन् । सवैले बुझ्नु पर्ने कुरा के हो भने हिंसाले अन्तत हिंसा नै जन्माउँछ । हिंसाको वदलामा प्रेमको अपेक्षा गर्नु अँध्यारोमा झटारो हान्नु मात्र हो । जवसम्म हिंसामा पीडित पक्षले निकासाको सृजनात्मक वाटो खोज्दैन तवसम्म समाजमा हिंसा कम हुदैन । पुरुषलाई हिंसाको तालाचावी दिएर राज्यले समाजमा आमशान्ति सुरक्षा र सामाजिक सुरक्षाको ग्यारेण्टी गर्न सक्दैन ।

कडा सामाजिक सुरक्षा समाजमा हुनु हो भने समाजमा हिंसाजन्य गतिविधि कमै घट्ने थिए । हिंसा विरुद्धका जनचेतना घरघरमा फैलाउन सके र कानुनीरुपमा कढ्याईका साथ हिंसामाथि राज्यले नियन्त्रण र दण्डित गरे मात्र व्यवहारिकरुपमा हिंसात्मक मानसिकता परिवर्तन भई महिला हिंसा कम गर्न सकिन्छ ।

हिजो आज महिला हिंसा दिनानुदिन वढ्नुमा अशिक्षित दम्पती र गरिवीका कारण भन्दा नि शिक्षित र सभ्य कहलिएका परिवारमा देखिने गरेको छ । समाजको ठेकेदारी गर्ने र आफूलाई समाजकै नेतृत्व वोक्ने हुँ भन्नेहरु वाटै महिलामाथि गालीगजौल, कुटपीट, हत्या , हिंसाहरु हुने गरेको पनि देखिन्छ । दिनभरि महिला हिंसा नगर्न र महिला हिंसाका कार्यक्रम चलाउने सामाजिक अभियान्ता र बुद्धिजीवी भनी कहलिएका कयौं व्यक्तिले घरमा आफ्नै पत्नीहरुलाई ताडना दिने, घोक्र्राउने, मुन्ट्याउने, अभद्र गालीगजौल गर्ने, मानसिक कठिनाई सृजना गराउने, मार्ने काट्नेसम्मका धम्की दिर्दैे ज्यूदै मर्नु न वा“च्नु गराउनेसम्मका घटनाहरु वाहिरिन थालेका छन् । वाहिर नआएका घटनाहरु कति होलान ?
वर्तमान अवस्थामा मध्यम वर्गीय शिक्षित महिला जो कामकाजी हुनुका साथै सचेत र सक्षम पनि छन् । तर तिनका घरमा मानसिक चेत वदल्न नसकिरहेको अवस्था छ । अक्षरी रुपमा पनि महिलाहरु तिनका घरका पुरुष जतिकै अब्बल र दक्ष पनि छन् भने आर्थिकरुपमा सवल पनि छन् तिनकै घरमा एकातिर पुरातन शैली यथावत हुने र महिलाका नाममा दमित हुनुपर्ने अर्कोतर्फ बौद्धिक टकराव हुने देखिन्छ । अझै पनि हामीकहाँ पुरुष मानसिकता वदलिन नसकेका कारण पत्नीको क्षमता नस्वीकार्ने र पत्नीलाई होच्याएर राख्ने गरेको देखिन्छ । घरभित्रै महिलाहरुले सर्घष गर्नु परिरहेको अवस्थामा समाजमा निस्केर पहिचान वनाउनु भनेको त निकै चुनौतीपूर्ण बन्न आउछ उनीहरुका लागि । तर पनि धेरै महिलाहरु अघि वढिरहेका छन् यस्तै परिस्थिस्तिका बाबजुद पनि । समाज वाहिर निस्केका महिलाहरु जसोतसो आफूलाई योग्य महिला वनाउनका लागि संघर्षरथ छन् तर घरको चार दिवारभित्र मानसिक ताडना, भौति यातनाले पीगित महिलाहरु हिंसा सहेर बा“च्न अझै पनि वाध्य नै देखिन्छन् ।
निश्चय पनि यस्ता टकरावले अन्तत पारिवारिक कलह र विग्रह नै ल्याउँछ । सामान्यत किन पुरुष क्षमतावान र बौद्धिक पत्नी भन्दा अन्य साधारण महिलास“ग समय व्यथित गर्न चाहन्छ ? तर तिनै व्याथित गरेकै महिलाहरु मध्येवाटै जीवन संगीनी नचुनी पढेलेखा र कामकाजी महिला विवाह गरी आफू कथितयोग्य भएको दावी गर्छ । पत्नी तपाईको व्यक्तित्वको कदापी शत्रु होइन, वास्तवमा पत्नीको क्षमता रुचि र ज्ञानको कदर गर्दैमा कोही पुरुषको कद होचो हँुदैन । तपाईकी आमा या वैनी जस्तै सम्माननीय व्यक्ति हो उ पनि । उसलाई प्रेम, सम्मान गर्दैमा तपाईको व्यक्क्तित्व खिँदैन । वरु उसलाई अपमान या तिरस्कार गरेको कुरा वाहिरिएका दिन तपाईलाई हेर्ने र सम्मान गर्ने मानिसका नजर वदलिनेछन् । वास्तवमा पति पत्नी भनेको असल मित्र, असल आलोचक, सही मार्गनिर्देशक हुनुका साथ साथै विश्वासिलो र भरपर्दो यौन साथी पनि हुन जरुरी छ । एउटी सभ्य र सु–सस्कृत महिलाले बुझ्न नसक्ने कस्तो व्यक्तित्व छ तपाईस“ग ? जसको कारण तपाई हिंसात्मक भई सहयात्रीस“गै जाईलाग्नु हुन्छ ?

आफ्नो पत्नीलाई बिझाउने या कष्ट हुने कुरा नदोहोराउँदा पत्नीका नजरमा तपाई उठनुहुन्छ, सम्मानित हुनुहुन्छ तपाई सानो हुनुहुन्न । तर पत्नीलाई तह लगाउछु या ठीक लगाउँछु भन्दै हिंसा गरिरहनु हुन्छ भने हिंस्रक त तपाई हुनुहुन्छ नै थप तपाईले आफ्नै हातले एउटा खुशी संसारको जगन्य हत्या गर्नु हुनेछ । यो दुखान्त पारिवारिक अन्त्यले तपाईलाई कहिल्यै पनि शान्ति मिल्नेछैन । न त शान्तिका लागि परेवा नै उढाउन सक्नु हुनेछ । शान्ति मन र मस्तिष्कमा छ जसरी रिस र आक्रोश तपाई हाम्रो मन भित्र छ । पत्नीलाई तपाई शत्रु नै ठान्नु हुन्छ तपाईको नरसंहार गर्ने व्यक्ति कै रुपमा मान्नुहुन्छ भने पनि कानुनी उपचार खोजेर व्यवस्थापन गर्नुहोस् तर थर्काएर धम्क्याएर, कुटेर पिटेर , जगटा लुछेर तपाई आफुभित्रको रामणलाई निम्त्याउँदै हुनुहुन्छ । यस्तो चरित्रले न त तपाई राम वन्नुहोला न त कृष्ण ।

अन्तत महिला हिंसाको जग भनेकै पुरुष अहंमता हो, यसको अभ्यास परिवार वाटै भएको पाइन्छ, रिस आफुभित्रै रहेको अभिन्न मित्र हो । कसैलाई कारण देखाएर आफ्नो रिसका कारण कसैलाई मर्माहित हुने गरी हिंसा नगरौँ । कसैले तपाईमाथि प्रहार गरेको भए पो उ हिंसाको कारण वन्न सक्छ । हिंसा तपाईँवाट भएको छ समाधान पनि तपाईवाटै खोजिनु पर्छ । हिंसा वन्धकोठामा हुन्जेल तपाई हाम्रो नियन्त्रणमा होला तर कोठा वाहिर निस्केपछि तपाईलाई त यसले सक्छ नै साथै साथै तपाईको परिवार, आफन्त, नातेदार र मित्रलाईसम्म । यो समाजमा शीर उठाएर बा“च्न दिनेछैन । पछ्याइरहने छ तपाईलाई निर्दोश आँशुको कारुणिक चित्कारले पुस्तौसम्म । तपाईस“ग जोडिएको कंलकले तपाईको नया“ परिचय समाजमा अवश्य वनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: