घरभित्र थुनिएको बेला चित्रमा ‘कोभिड–१९’

  प्रकाशित मिति
१२ बैशाख २०७७, शुक्रबार १४:०७


 

यतिबेला विश्वभर कोरोना भाइरसले जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ पनि यही भाइरसका कारण लकडाउन छ । लकडाउनमा सबै घर भित्रै छन् । घरभित्र यसरी कतिदिन बिताउने भनेर कति जनाले चिन्ता व्यक्त गरिरहेका छन् ।

तीर्थ निरौला

लकडाउनमा आ–आफ्नै तरिकाले सदुपयोग गरिरहेका छन् । कोही करेसाबारीमा, कोही लेखपढमा, कोही चलचित्र हेरिरहेका छन् । कोही सामाजिक सञ्जालमै पनि पक्ष विपक्षमा वादविवाद पनि गरिरहेका छन् । यसैबीच कवि कलाकारहरुले पनि यसको सदुपयोग भरमग्दुर गर्ने कोशिष गरिरहेका छन् ।

विश्वभर माहामारीको रुपमा रहेको भाइरसले मस्तिष्कमा नयाँ कुरा खेल्न नसकेको बताइरहे पनि कहि न कहि सिर्जनकर्ममा लागिरहेका छन् । केही कविहरु फेसबुक लाइभ मार्फत कविता वाचनमा आइरहेका छन् । यस्तै चित्रकारहरु पनि आफ्नो चित्रकला मार्फत लकडाउनको सदुपयोग गरिरहेका छन् ।

केही समयअघि कलाकार तिर्थ निरौलाले फेसबुकमा एउटा चित्र पोष्ट गरे । जुन चित्र कोरोना भाइरससँग सम्बन्धित रहेको छ । विश्व आज कोरोना भाइरसको सङ्क्रमणबाट गुज्रिरहेको बेला सोही विषयसँग सम्बन्धित रहेर कला प्रस्तुत गरेका छन् । स्वाभाविक पनि हो । समय, परिस्थिति अनुसार आफ्नो कला प्रस्तुत गर्नु ।

सफल कलाकारले गर्ने नै हो । उनले पनि अहिलेको यही अवश्थाको तस्वीर चित्रमा उतार्ने प्रयास गरेका छन् । चित्रमा एक महिला मास्क लगाएको देख्न सकिन्छ । अहिले सबै सबै घरभित्र थुनिएको अवस्था देखिएको डर र त्रास प्रस्तुत चित्रले प्रस्तुत गरेको छ । चित्रको नाम पनि दिएका छन् ‘कोभिड १९’ । शिर्षकले पनि अनुमान गर्न सकिन्छ । अहिलेको मानवीय मनस्थिति चित्रमा देखाउने कोशिष गरिएको छ ।

जन्मभूमि धरान भए पनि काठमाडौलाई कर्मभूमि बनाएका उनी एक स्थापित कलाकार हुन् । तीन दशकदेखि निरन्तर कला साधनामा लागेका उनले देश तथा विदेशमा दर्जनौ कला प्रदर्शनी गरिसकेका छन् । उनको चित्र प्राय अर्धअमूर्त र अमूर्तमा केन्द्रित पाइन्छ । आकृतिमूलक उनका चित्रहरुले समय, परिस्थितिको प्रतिनिधित्व गरेको देख्न सकिन्छ । अर्मूत चित्रमा पनि उस्तै विम्बहरु भेटिन्छ । कलाका विविध माध्यमहरुलाई चित्रमा प्रयोग गर्ने उनको कलामा विशेषतः टेक्चर ईफेक्ट, रंगको संयोजन, रेखामा लयता र विषयवस्तुको प्रभावतालाई जोड दिएको देखिन्छ ।

यति मात्रै होइन उनी एउटा राम्रो कला समीक्षक पनि हुन् । कला समीक्षामा पनि उनको निरन्तर उतिकै कलम चलिरहेको छ । कला क्षेत्रको विकासमा निरन्तर लागिरहेका उनको नजरमा हिजोको दिनभन्दा आज कला क्षेत्रमा केही आशा गर्न सकिने संकेत देखा परेको छ । पहिले नगण्य मात्र थिए तर अहिले यो क्षेत्रमा नयाँ पुस्ता आएका छन् । नवीनतम् सोचका साथ आएका छन् ।

(झापाको रेडियो भिजनमा कार्यरत पत्रकार माया मितु लोकप्रिय गजलकार पनि हुन् । )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: