घरमै गोरु काटेर मासु बेच्ने पक्राउ

  प्रकाशित मिति
२८ फाल्गुन २०७६, बुधबार १८:४१


मेचीनगर । घरमै गोरु काटेर मासु बिक्री गर्ने दुईजना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–५, तामाङ टोलका वीरबहादुर आङ्देम्बे र सन्तकुमार राई गोरुको मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार मध्यरातमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएका गस्ती टोली तामाङ टोलमा पुग्दा आङ्देम्बेको घरभित्र गोरु काटेर मासु बिक्रीका लागि राखेको अवस्थामा २८ किलो मासुसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

शङ्का लागि सोधपुछ गर्दा आङ्देम्बे र राईले जिउँदो गोरु काटेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

गोरु काट्ने प्रयोग गरिएको फलामको दाउ तथा काठको अचानोसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: