घरेलु संघको अध्यक्षमा फेरि काफ्ले, महिला समितिमा शाही

  प्रकाशित मिति
१६ मंसिर २०७७, मंगलवार ०८:४१


विर्तामोड, १६ मंसिर । झापा घरेलु तथा साना उद्योग संघको अध्यक्षमा जीवनाथ काफ्ले सर्वसम्मत चयन भएका छन् ।

संघको सोमबार सम्पन्न नवौं जिल्ला सम्मेलनले आगामी तीन वर्षे कार्यकालका लागि निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जिल्ला सम्मेलनलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रभुषण साह, उपाध्यक्षमा मधु बस्नेत, महासचिवमा डिल्लीराम सापकोटा, सचिवमा आशाकुमारी लिम्बू र कोषाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

निर्वाचन अधिकृत गोपाल काफ्लेका अनुसार झापा घरेलु तथा साना उद्योग संघको कार्यसमिति सदस्यहरुमा नरेश साह, रोशिकला तामाङ, बुद्ध लिम्बू, टिकादेवी योङहाङ र कृष्णमाया योङ्या पनि निर्विरोध चयन भएका छन् ।

संघको हालै सम्पन्न बैठकले काफ्लेको संयोजकत्वमा सुमन शर्मा जमकट्टेल र पुनम बस्नेत सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

संघको जिल्ला महिला समिति अध्यक्षमा चन्द्रकुमारी शाही, सचिवमा धनकुमारी कन्दङवा तथा सदस्यहरुमा मुना केरुङ, गंगा चर्मकार र सुम्निमा कन्दङवा पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश प्रतिनिधिका रुपमा राजेश कोइराला, रामबहादुर रानामगर, सितादेवी उप्रेती र सुमित्रा बेघालाई चयन गरिएको छ भने केन्द्रीय प्रतिनिधिमा खगेन्द्रप्रसाद प्रसाईं, सरिता लिम्बू र मधुकर बस्नेत छानिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश समितिका कोषाध्यक्ष रामबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा महासचिव डिल्लीराम सापकोटाले संघको सांगठानिक गतिविधि तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

संघका कार्यालय सचिव पुनम बस्नेतले सञ्चालन गरेको साधारणसभा कार्यक्रममा गृल व्यवसायी संघका खगेन्द्र प्रसाईं, महिला समिति अध्यक्षमा चन्द्रकुमारी शाही, जिल्ला संघका उपाध्यक्ष महेन्द्रभुषण साह लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: