काँकरभिट्टा । झापाको काँकरभिट्टामा घरेलु हिंसा न्यूनीकरण सम्बन्धि तीन दिवसीय तालिम बुधबारदेखि सुरु भएको छ ।
महिला जनचेतना केन्द्र काँकरभिट्टाको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको पहिलो दिन केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले घरेलु हिंसाको सैद्धान्तिक विषयका बारेमा प्रशिक्षण दिएको छ ।
मेचीनगर तथा विर्तामोड नगरपालिका क्षेत्रका करिब ३० जना किशोरीहरु सहभागी तालिमको पहिलो दिन मेचीनगर लेडी जेसिजकी अध्यक्ष उषा श्रेष्ठले नेतृत्व विकासका बारेमा सहजीकरण गरेकी थिइन् ।
तालिम अन्र्तगत बिहीबार संविधानमा महिला अधिकार सम्बन्धि विषयमा अधिवक्ता अजय घिमिरे र महिलावादी आन्दोलनका सन्दर्भमा आयोजक संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले सहजिकरण गर्ने केन्द्रकी सदस्य सीता गुरुङले जानकारी दिए ।
त्यस्तै तालिम समापनको दिन शुक्रबार महिला सहभागिताका सवालमा काँकरभिट्टा उमाविकी शिक्षिका सुभद्रा भट्राई अर्याल र लैङ्गिक विभेदका बारेमा केन्द्रकी उपाध्यक्ष भुवन सुब्बाले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।