घरैपिच्छे राष्ट्रिय झण्डा

  प्रकाशित मिति
३० चैत्र २०७३, बुधबार १८:५३


jhanda
बिर्तामोड । हल्दीवारी गाउँपालिका–१ का युवाले प्रत्येक घरमा राष्ट्रिय झण्डा राख्ने अभियान सुरु गरेका छन् ।

राष्ट्रियतालाई मजबुत बनाउने उद्देश्यले प्रगतिशील युवा परिवारको अगुवाइमा राष्ट्रिय झण्डा राख्ने अभियान सुरु गरिएको हो ।

साविक गोलधाप गाविसका ९ वटै वडामा रहेका एक हजार ७ सय २४ घरमा राष्ट्रिय झण्डा राखिने प्रगतिशील युवा परिवारका अध्यक्ष विरवल योङ्हाङले बताए । युवाहरुले सबै वडाहरुमा मोटरसाइकल र्याली गरेर राष्ट्रिय झण्डा राख्न स्थानीयलाई प्रेरित गरेका थिए ।

करिब तीनसय मोटरसाइकलमा सवार युवाहरुले निःशुल्क राष्ट्रिय झण्डा वितरण गरेका थिए । स्थानीय १०६ बर्षीय बंशबहादुर कार्कीले हल्दीवारी गाउँपालिका वडा नं. १ कार्यालयमा झण्डोत्तलन गरी अभियान सुरु गरेको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: