घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता बाड्दै मेचीनगर

  प्रकाशित मिति
१० बैशाख २०७७, बुधबार १५:१४


।। अर्जुन कार्की ।।

मेचीनगर । मेची नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्तरगतको रकम घर–घरमा पुगेर वितरण गर्न शुरु गरेको छ ।

नगरपालिकाका कर्मचारी र वडा अध्यक्षहरुले सामाजिक सुरक्षा भत्ता अन्तरगत अपाङ्ग, महिला विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई घर–घरमा पुगेर भत्ता वितरण गर्न थालेका हुन् ।

स्थानीय तहको निर्वाचन भएको करिव तीन वर्षपछि पहिलो पटक मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता अन्तरगत अपाङ्ग, विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई हरुलाई घर–घरमा नै पुगेर वितरण गरेका हुन् ।

सरकारले स्थानीय सरकारी स्वामित्वको बैँकमा सामाजिक शुरक्षा भत्ता जम्मा गर्ने प्रावधान ल्याएपनि यो प्रकृया लकडाउनका कारण झण्झटिलो भएकाले उनीहरुलाई घर–घरमा नै पुगेर भत्ता बाँड्ने काम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

मेची नगरपालिका कार्यालयमा १४ करोड ६ लाख ३३ हजार २ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि निकासा गरिएको लेखा प्रशासन शाखाका प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा भत्ताका लागि नेपाल बैँक लिमिटेड काँकरभिट्टामा ४ करोड ७२ लाख ८६ हजार, सनराइज बैँक काँकरभिट्टामा १ करोड २५ लाख ७२ हजार, एक्सेल बैँक काँकरभिट्टामा ५ लाख ४५ हजार, नेपाल बैँक लिमिटेड धुलाबारीमा २ करोड ३८ लाख ८९ हजार २ सय रुपैयाँ जम्मा गरिएको छ ।

त्यस्तै एनआइसि एसिया बैँक धुलाबारीमा १ करोड ९८ लाख ४२ हजार ६ सय, ग्लोबल आइएमई बैँक धुलाबारीमा ९१ लाख ८३ हजार २ सय र ग्लोबल आइएमई बैँक चारआलीमा २ करोड २४ लाख १५ हजार २ सय रुपैयाँ जम्मा गरिएको उनले बताए ।

गत मङ्सीरदेखि फागुनसम्मको चार महिनाको सामाजिक सुरक्षा भत्ता वापतको उक्त रकम बैँकमा जम्मा गरिएको कार्कीले जानकारी दिए ।

अहिलेसम्म मेची नगरपालिकाका १५ वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने १३ हजार ३ सय ८५ जनामध्ये ५० प्रतिशत भन्दाबढी भत्ता वितरण गरिसकेको वडा अध्यक्षहरुले जनाएका छन् ।

नगरपालिकाले चैत ९ गते सामाजिक सुरक्षा भत्ता वापतको रकम बैँकमा जम्मा गरेको थियो ।

लकडाउनका कारण सामाजिक सुरक्षा भत्ता लिन मुस्किल परिरहेका बेला जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुले अपाङ्ग, विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई हरुलाई घर–घरमा नै पुगेर वितरण गर्न थालिएको वडा नम्बर ६ का वडध्यक्ष ललितबहादुर तामाङले बताए ।

पायक पर्नेहरुलाई वडा कार्यालय र बाँकीलाई घर–घरमा नै पुगेर वितरण गरिएको उनले बताए ।

वडध्यक्ष तामाङले वडाका ८ सयमध्ये ४८१ जनालाई भत्ता वितरण गरिएको जानकारी दिए । ‘वडाका लागि नेपाल बैँक काँकरभिट्टामा ४६ लाख आएको थियो’, वडाध्यक्ष तामाङले भने– ‘लकडाउनले उहाँहरुलाई समस्या भएकोले आफै बैँकमा गएर प्रकृया अनुसार पटकपटक गरी भत्ता वितरण गरिदैँछ ।’

उनका अनुसार मङसीरदेखि फागुनसम्मको चार महिनाको भत्ता आएको थियो । जस्मा एकजना बराबर ज्येष्ठ नागरिकको १२ हजार, विद्युवाको ८ हजार, अपाङ्गता भएकाको ६ हजार ४ सय र दलित बालबालिकाको १ हजार ६ सय रुपैयाँ आएको उनको भनाई छ ।

लकडाउनले बैँक जान सक्ने अवस्था नगरबासीलाई नभएका कारण सहजताका लागि नगरपालिकाले ढिलै भएपनि वडा तथा घरै पुगेरै सामाजिक सुरक्षा भत्ता बाड्न शुरु गरिएको वडा नम्बर ४ का वडाध्यक्ष नविन बरालले बताए ।

‘वडामा ५४० जना सामाजिक सुरक्षा भत्ता लिने छन्’, वडाध्यक्ष बरालले भने– ‘एकसय जनाको भत्ता बाढीसक्यो । बाँकीको बाड्ने काम धमाधम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: