घर भाडा, बैँकको व्याज र कर छुट गर्न माग

  प्रकाशित मिति
२९ बैशाख २०७७, सोमबार १९:१३


मेचीनगर । मेचीनगरका होटल, यातायात र पर्यटन व्यवसायीहरुले लकडाउन अवधि भरिको घर भाडा, बैँकको व्याज तथा राज्यले लिने सबै प्रकारका कर छुट गर्नु पर्ने माग गरेका छन् ।

काँकरभिट्टा स्थित मेची वस व्यवसायी प्रालिको सभाहलमा सोमबार आयोजित ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा उनीहरुले यस्तो माग पेश गरेका हुन् ।

होटल व्यवसायी संघ मेचीनगरले तीन तहकै सरकारको ध्यानआकर्षण गराउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारका सांसद् र जनप्रतिनधिहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश नम्बर १ का सभा सदस्य गोपाल चन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र मेचीनगर–६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङलाई

चार वटा माग पेश गरिएको ज्ञापनपत्र होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतले बुझाएका थिए ।

त्यस्तै होटल व्यवसायी महासंघका केन्द्रीय सचिव राजु अधिकारीलाई पनि संघले ज्ञापन पत्र बुझाएको छ ।

लकडाउन अवधिको घर वाहाल मिनाह गर्नु पर्ने, व्यवसाय सञ्चालनार्थ लिएको बैँकिङ ऋणको लकडाउन अवधिको व्याज मिनाह गर्नु पर्ने, होटल व्यवसायमा आवद्व मजदुरहरुलाई लकडाउन अवधिको न्युनतम पारिश्रमिकमा राहत सहयोग उपलब्ध गराउनु पर्ने र कोरोना प्रकोपको कारण व्यवसाय तहस नहस भएका कारण विजुली, खानेपानी तथा व्यवसाय लगायतका सबै प्रकारका महसुलहरुमा छुट दिनुपर्ने मागहरु ज्ञापन पत्रमा उल्लेख छ ।

कार्यक्रममा ज्ञापन पत्र बुझ्दै प्रदेश सभा सदस्य गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले प्रदेश सरकारसँग यस विषयमा गहनरुपमा छलफल गरिने बताएका थिए ।

कार्यक्रममा मेची वस व्यवसायी प्रालिका अध्यक्ष विष्णु श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र), होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतले यातायात, होटल, पर्यटन व्यवसाय चौपट भएकोले यस पेशा व्यवसायका सञ्चालक, कर्मचारी तथा मजदुरहरुको हितमा राज्य गम्भीर हुनु पर्ने धाराणा राखेका थिए ।

यातायात, होटल, पर्यटन व्यवसायी संघले राहतका लागि मेचीनगरपालिकामा वडामार्फत ६९९ जनाको लागि र होटल संघले छुट्टै २५० जनाको नाम पठाएको छ ।

कार्यक्रममा यातायात, होटल, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हस्तबहादुर तामाङले गरेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: