घाँटी थिचेर श्रीमतीको हत्या

  प्रकाशित मिति
४ जेष्ठ २०७३, मंगलवार ०७:३८


झापा, ४ जेठ । झापाको बिर्तामोडमा सोमबार राति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बिर्तामोड–६ निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योति अग्रवालको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

बिर्तामोड–५ स्थित हरि राजवंशीको घरमा डेरा गरी बस्दै आएका उनले के कारणले श्रीमतीको हत्या गरे सो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यामा संलग्न अग्रवाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: