‘चार लाख पुगिसक्यो, खर्च कहाँबाट जुटाउने ?’

  प्रकाशित मिति
२६ माघ २०७२, मंगलवार ०५:२८


rajanis
शान्तिनगर । भूटानी शरणार्थीले छाडेर गएको झापाको शान्तिनगर गाउँ विकास समिति वडा नं.१ स्थित ओयासिस एकाडेमीको जीर्ण पिलरले किचेर गम्भीर घाइते भएका १२ वर्षीय रजनिस भण्डारीको उपचारमा खर्चको अभाव भएको छ ।

ओयासिस एकाडेमीमा आधा दशक अघि टिमाइ शिविरमा रहेका भूटानी शरणार्थीले पढ्थे । उनीहरू तेस्रो मुलुक पुनर्वास भइसकेपछि सो विद्यालयको भवन जीर्ण अवस्थामा छ ।

घाइते रजनिसका वुवा तिलक भण्डारीका अनुसार गत पुस २९ गते बाख्रा चराउन गएका बेला रजनिसलाई पिलरले किचेको थियो । दुबै गोडामुनिको हड्डी भाँचिएका रजनिसको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार भइरहेको छ ।

उपचारको व्रmममा हालसम्म ४ लाख रुपैयाँको खर्च विल उठिसकेको र भण्डारी परिवारको आर्थिक अवस्था अति दयनीय भएकाले दातासँग सहयोगको याचना गर्नु पर्ने अवस्था आएको छिमेकी सुरेश भण्डारी बताउँछन् ।

लामो अवधिसम्म आइसीयुमा राखिएका घाइते रजनिस स्थानीय न्यू एभरग्रीन स्कुलमा कक्षा ६ मा पढ्छन् । हाल उपचारपछि उनको स्वास्थ्यमा सुधार आए पनि उपचार खर्च कहाँबाट व्यहोर्ने भन्ने चिन्ताले परिवारजन पिरोलिएका छन् ।

सहयोग गर्न चाहने दाताले घाइतेकी आमा जानुकादेवी भण्डारीको नाममा नेपाल बैङ्क लि. धुलावारीमा खोलिएको ११०५ नम्वरको खातामा सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ ।

भूटानी शरणार्थीले छाडेको सो स्कुल हाल अति जीर्ण अवस्थामा छ । छानो र केही पिलर बाँकी रहेको विद्यालयको टाटीबेरा चोरी भइसकेका छन् । भवनको पिलर, पर्खाल लगायतका जीर्ण भाग नहटाइए त्यहाँ अरु पनि दुर्घटना हुन सक्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: