घाइते हुचिलको उद्धार

  प्रकाशित मिति
२४ बैशाख २०७७, बुधबार २०:४६


मेचीनगर, २४ वैशाख । भद्रपुरस्थित राष्ट्रिय समाचार समिति (रासस)को कार्यालय परिसरमा घाइते अवस्थामा बुधवार आएको एउटा हुचिल (चरा)लाई जिल्ला बन कार्यालय झापाले उद्धार गरेको छ ।

जिल्ला बन कार्यालयबाट आएको टोलीले हुचिललाई पक्रेर लगेको थियो ।

राससकी प्रमुख अम्बिका भण्डारीका अनुसार काग र अरु चराहरुले ठुँगेर घाइते भएको सो हुचिल रासस परिसरमा लुक्न आएको थियो ।

लकडाउनका कारण सहर बजारमा मानिसहरुको चहलपहल ठप्प भएको र सदरमुकामका कार्यालयहरु बन्द रहेको कारण चन्द्रगढी क्षेत्रमा विभिन्न प्रजातिका चराहरु बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: