घुमफिरमा रमाउँदै झापाली (फोटो फिचर)

  प्रकाशित मिति
२० कार्तिक २०७५, मंगलवार ०८:१५


मेचीनगर । घुमफिरले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई ताजा बनाउँछ । स्वस्थ र तनावरहित हुन अचेल धेरैले घुमफिरलाई नियमित कार्यसूचीमै राख्न थालेको पाइन्छ ।

चाडपर्वहरु घुमघामका लागि उपयुक्त अवसर हुन् । कतिले स्वदेश र कतिले विदेशलाई गन्तब्य बनाएर रमाउँछन् ।

यसपाली दशैछेक झापाका केही अग्रजहरुले कहाँ कहाँ घुमफिर गरे, त्यसको लोकतन्त्र पोस्टले खोजी गरेको छ । घुमफिर संस्कृति नै बनोस् भन्नाका लागि अरुहरुका घुमफिर प्रेरणा बन्न सक्छन् भन्ने लागेर यो फोटो फिचर प्रकाशित गरेका हौँ ।

सबै फोटो फेसबुकबाट लिइएका हुन् । सम्बन्धित व्यक्तिहरुले सार्वजनिक गरेका फोटो भएकाले प्रकाशनका लागि अनुमति माग्न भने भ्याएनौँ ।

मेचीनगरका नगरप्रमुख विमल आचार्य यतिबेला अस्ट्रेलियाको भ्रमणमा छन् । दशैँ अघि नै सपरिवार उनी विदेश गएका हुन् ।

जिल्ला विकास समिति झापाका प्रमुख सोम पोर्तेलले दशैँछेक हेटौडाको प्रसिद्ध पर्यटकीय स्थल शहिद पार्क घुमेको फोटो फेसबुकमा सार्वजनिक गरेका छन् ।

साहित्यकार देवीचरण भण्डारीले फेसबुकमा भद्रपुर–७ मा रहेको सयपत्री फार्म घुमघाम गरेको फोटो सार्वजनिक गरेका छन् ।

साहित्यकार खगिन्द्रा खुशी र खेमराज दाहालले सञ्चालन गरेको सयपत्री फार्ममा ढकमक्क फुलेका सयपत्रीले मन लोभ्याउँछ ।

हिमशिखर टेलिभिजन दमकका सञ्चालक ध्रुव न्यौपाने यतिबेला सिङ्गापुर भ्रमणमा छन् ।

उनले पहिले र अहिलेको सिङ्गापुर निकै फरक लागेको र विकासको मोडल हेर्न मज्जा आएको फेसबुकमै लेखेका छन् ।

काँकरभिट्टाका सामाजिक व्यक्तित्वहरुको एउटा टोली भर्खरै मुगुको रारा ताल पुगेको छ ।

टोलीमा भानु प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, सगरमाथा यातायातका अध्यक्ष खगेन्द्र उप्रेती, युवा व्यवसायी युवराज भट्टराई, नाइटचेस क्लवका अध्यक्ष कृष्णकान्त खनिया लगायत छन् ।

उनीहरुले रारा तालको किनारमा घोडा चढेको, तालको पानी र हिमाल हेरिरहेको तस्वीर फेसबुकमा राखेको देखिन्छ ।

शिक्षक लीला भण्डारी, पत्रकार ज्ञानेन्द्र निरौला, युवा नेता नरेश मोहोरा लगायतले अलग अलग पारिवारिक भ्रमणको गन्तब्य पोखरालाई बनाएका छन् ।

दशैँछेकको उनीहरुको भ्रमणका तस्वीरहरु फेसबुकमा हेर्न पाइन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र खड्का सपरिवार जापान घुमघाममा छन् । कहिले यूरोप, कहिले बैङ्क घुमिरहने खड्काले यसपटक जापानको ओशाकाको फोटो फेसबुकमा अपलोड गरेका छन् ।
बाहुनडाँगी जेसीजमा आवद्ध युवा अगुवा बेग सुनुवारले इलामको सुन्तला गाउँ सलकपुरको घुमघामको फोटो फेसबुकमा राखेका छन् ।

उनले सलकपुरको सुन्तला फोटोमा देखाएर सुन्तला खान जाने सिजन सुरु भइसकेको सन्देश दिएका छन् ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सपरिवार ताप्लेजुङको पाथिभारा दर्शनमा गएका छन् ।

शर्मा र उनको परिवारका सदस्यहरुको फोटो फेसबुकमा हेर्न सकिन्छ । अहिले पाथिभरा दर्शनको एउटा उपयुक्त सिजन पनि हो ।

धुलावारीका सामाजिक व्यक्तित्व रामचन्द्र खनाल अमेरिकाको घुमघाममा व्यस्त छन् भने भद्रपुरस्थित सानो हात नेपालका जगत वाग्लेले परेवा डाँडाको फोटो फेसबुकमा राखेका छन् ।

प्रस्तुति ः मोहन काजी

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: