घुसखोरीको छायाङ्कन गर्न खोज्दा पत्रकार घिमिरेमाथि मालपोत कार्यालयभित्रै हमला

  प्रकाशित मिति
१६ मंसिर २०७७, मंगलवार २१:२७


झापा, १६ मङ्सिर । दमक मालपोत कार्यालयमा समाचार छायाङ्कन गरिरहेका खोज पत्रकार खगेन्द्र घिमिरे लेखापढी व्यवसाय गर्दै आएका व्यक्तिहरुको आक्रमणमा परेका छन् ।

मालपोतका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको सुइँको पाएका खोज पत्रकार घिमिरे त्यसकै छाँयाङ्कनका लागि सहकर्मी क्यामरापर्सनसहित मालपोत कार्यालयमा आज दिउँसो पुगेका थिए ।

त्यहीबेला हुलहुज्जतमा उत्रिएका लेखापढी कानून व्यवसायीहरुको समूहले टाउको र शरीरका विभिन्न भागमा लात्ती र मुड्कीले प्रहार गरेको पत्रकार घिमिरेले बताएका छन् ।

घटनापछि प्रेस संगठन झापाका सहसंयोजक टिकाराम उप्रेतीलगायतका पत्रकार अगुवाहरुले इलाका प्रहरी कार्यालय दमक पुगी आक्रमणकारीलाई अविलम्ब पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।

पीडित पत्रकार घिमिरेले इप्रका दमकमा दोषी किटान गरी आजै साँझ उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले घटनालाई गम्भीर रुपमा लिइएको र इप्रका दमकमार्फत अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

अनुसन्धान टिभी नामक लोकप्रिय युट्युब च्यानलका सम्पादक एवम् माउन्टेन टिभीका झापा सम्वाददाता घिमिरे भ्रष्टाचार, बेथिति र विकृतिको साहिसिक भण्डाफोरका लागि पत्रकारिता जगतमा चर्चित छन् ।

झापाली पत्रकारहरुले यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको हमलाको रुपमा लिदै दोषीमाथि कार्वाहीका लागि दवाव सिर्जना गर्न कस्तो कदम चाल्ने भन्ने विषयमा बुधवार छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: