घुस रकमसहित शाखा अधिकृत पक्राउ

  प्रकाशित मिति
२३ असार २०७३, बिहीबार १५:२५


ghus

दमक । घुस रकमसहित एक सरकारी अधिकृतलाई विहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।

एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

खनालले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आरोप छ । तर, अनुसन्धान अधिकारीहरुले भने सेवाग्राहीको नाम र सेवाका बारेमा खुलाउन चाहेको छैन ।

चन्द्रगढी दरबन्दी भएका उहाँले सेवाग्राहीको कामबापतको अवैध घुस रकम दमक–१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा लिँदै गर्दा पक्राउ परेका अख्तियारका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: