‘घोक्ने होइन सोच्ने शिक्षा दिन्छौँ’

  प्रकाशित मिति
२७ फाल्गुन २०७४, आईतवार १८:२६


 धुलावारी । मेचीनगरकै उत्कृष्ट विद्यालयको रुपमा हिमालयन इङ्लिस एकाडेमी सेकेण्डरी स्कुल मेचीनगर १० धुलावारीको ३१ औँ वार्षिकोत्सव शनिवार भव्य रुपमा सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न गरेको हो ।

विद्यालयका अभिभावक भइ स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरु, सदस्य गोपाल न्यौपाने, मेचीनगर १५ का वडा अध्यक्ष राजन भट्टराई र प्रदेश नम्बर २ स्थित सहिद नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कन्हैया मुखियालाई मायाको चिनो, दोसल्ला तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी, पूर्व विद्यार्थी डाक्टर सुनिता दाहाल, उत्कृष्ट शिक्षकमा शलु पोखरेल, उत्कृष्ट कर्मचारीमा चिरञ्जीवी लामिछानेलाई सम्मान गरियो । शिक्षक पोखरेल र कर्मचारी लामिछानेलाई जनही ५ हजारसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुको सम्मान पत्र द हिमालयन मल्टिपल कलेजका प्रमुख मिलनकुमार ढुङ्गानाले वाचन गरेका थिए ।

 

यसैगरी, स्रोत केन्द्रस्तरीय नृत्य प्रतियोगितामा प्रथम भएका हिमालयनका नृत्य कलाकारलाई जनही १ हजारका दरले १० जना र प्याव्सनको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा प्रथम भएका १० जना खेलाडीलाई जनही १ हजारका दरले सम्मान गरिएको थियो । साथै विज्ञान प्रदर्शनीमा सहभागि भएका प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीलाई समेत पुरस्कृत गरियो ।

कार्यक्रममा सानी विद्यार्थी रोजा फुयाँलले सुन्दर गीत प्रस्तुत गरेकी थिइन् । उनलाई अभिभावकहरुले नगद १५ सय सहित पुरस्कृत गरे । उनी प्याव्सन झापा क्षेत्र नम्बर ३ ले आयोजना गरेको गायन प्रतियोगिताकी प्रथम विद्यार्थी हुन् । सोही अवसरमा विद्यार्थीहरुले बृहत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सोही अवसरमा विद्यालयले शिव कुवँर बचाउ अभियानका लागि नगद ५० हजार आर्थिक सहयोग गरेको छ । कुँवर बचाउँ अभियानका अध्यक्ष प्रकाश खड्कालाई विद्यालयका निर्देशक दीपक भण्डारीले नगद हस्तान्तरण गरेका थिए ।

प्रदेश सभा सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता तथा विद्यालयका निर्देशक दीपक भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व निर्देशक अनन्तकुमार वस्ती, मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरु, मेचीनगरका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले छोटो समयमा शैक्षिक क्षेत्रमा हिमालयनले गरेको प्रगतिको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाल, धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, मेची उद्योग वाणिज्य संघका महासचिव ऋषी तिम्सिना, शिक्षक महासंघ झापाका अर्थ सचिव लिलाप्रसाद भण्डारी, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल (केशव) मेचीनगर लेडी जेसीजकी अध्यक्ष सुनिता पनेरु, सगरमाथा आरोही अनिष लुइँटेल, विद्यालयका पूर्व निर्देशक हिम्मत क्षेत्री, कविशिरोमणी माविका सहायक प्रधानाध्यापक लोहितप्रसाद चापागाई, कन्भेन्ट बोडिङ स्कुलका प्रिन्सिपल विक्रम क्षेत्री, मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, रामघाट सेवा समितिका अध्यक्ष ललित बोहोरा, विद्यालयका संस्थापक तथा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रिन्सिपल भाष्कर निरौला र विद्यार्थी प्रशान्त घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन रमेश दाहालले गरेका थिए ।

२०४३ सालमा बाहुनडाँगीमा स्थापना भएको विद्यालय २०६२ सालमा सारिएको थियो । पहिलो वर्ष उच्च मावि चलाएको विद्यालयले १ सय ५० जना विद्यार्थीबाट सुरु गरेको थियो । २०६३ सालमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म सञ्चालन गरेको थियो । जसमा ३ सय २५ जना विद्यार्थी थिए । हाल यो विद्यालयमा जम्मा १२ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले उच्च मावि तथा स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षा विषयमा अध्यापन गर्दै आएको छ । अनुभवी तथा दक्ष शिक्षकहरुसहित युवा टिम रहेको यो विद्यालयप्रतिदिनप्रतिदिन अभिभावकको मोह बढ्दै गएको छ । विद्यालयले पनि विद्यार्थीले जे सिक्छन् त्यो सिकाउन तिर लागि परेको सहायक पिन्सिपल आरपी कडेँलले बताए । उनले भने–‘हामी घोक्ने होइन सोच्ने शिक्षा दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: