काँकडभिट्टा घोषणा पत्र जारी गर्दैै सकियो भाषाको सङ्गोष्ठी

  प्रकाशित मिति
१ चैत्र २०७२, सोमबार ०६:३४


bhasa
मेचीनगर । नेपाली भाषालाई एकरुपता बनाउने उद्देश्यका साथ झापाको काँकरभिट्टामा भएको अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी ‘काँकरभिट्टा घोषणा पत्र’ जारी गर्दै आइतवार सम्पन्न भएको छ ।

तिन दिन चलेको सङ्गोष्ठीले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । जारी भएको घोषण पत्र प्राध्यापक डा. वद्रीविशाल भट्टराईले वाचन गरेका थिए । म्यानमार, भुटान, भारत तथा नेपालका दिग्गज भाषाविद्को जमघट रहेको गोष्ठीमा नेपाली भाषाको मानकीकरण सम्बन्धी अलग–अलग कार्यपत्र पेश गरियो ।

कार्यपत्रमाथि विभिन्न भाषाविद्ले भाषा, शब्दकोश र व्याकरणीय एकताका बारेमा बहस गरेका थिए । काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न गोष्ठीबाट पारित भएको काँकरभिट्टा घोषणा पत्रले आगामी दिनमा नेपाली भाषाको एकरुपतामा मद्दत पुर्याउने सहभागीहरूले विश्वास लिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठीले नेपाली भाषामा विशिष्ठ योगदान पुर्याएको भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्यले बताए ।

नेपाल, भारत, भुटान तथा म्यानमारमा नेपाली भाषामा एकरुपता नआएकाले नेपाली भाषाको विकासको गति सुस्त रहेकोमा यस घोषणा पत्रले गति दिने आचार्यले विश्वास लिएका छन् । विश्वमा रहेको नेपाली भाषा एउटै भए पनि बोलीचाली र लेखनमा फरक पर्ने भएकाले भविष्यका सन्ततीलाई आफ्नो नेपाली भाषाको बारेमा नै अन्योल उत्पन्न हुुने अवस्था आउने भएकाले भाषालाई एकरुपता कायम गर्न यस किसिमका कार्यव्रmमहरूले सघाउ पुग्ने भाषाविद्हरूको भनाइ छ ।

प्राज्ञ यज्ञराज प्रसार्इंले नेपालमा छरिएका सम्पूर्ण भाषालाई समेट्दै ६० हजार मात्र शब्दको नेपाली शब्दकोश १ लाख शब्दको बनाउने महाअभियानमा यस घोषणा पत्रले सहयोग पुर्याउने बताए ।

आदिकवि भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै सुरु भएको कार्यव्रmममा डा. रामप्रसाद ज्ञवालीको कृति यात्रा काव्यको विमोचन समेत गरिएको थियो । कार्यव्रmममा थुप्रै कविले कविता वाचन पनि गरेका थिए ।

कार्यव्रmममा नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति विष्णुविभु घिमिरे, प्राज्ञ डा. कृष्णराज घतानी, प्राज्ञ अमित घिमिरे, प्राज्ञ डा. पारसमणि दङ्गाल, प्राज्ञ छत्रपति फुयाल, प्राज्ञ भवानी अधिकारी, प्राज्ञ चुडामणि रेग्मी, प्राज्ञ डा. खगेन्द्र शर्मा, झापाका अग्रज पत्रकार चन्द्र भण्डारी, आयोजक व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उप्रेती, सचिव पुण्यप्रसाद खरेल, ऋषवदेव घिमिरे, अमृतलाल श्रेष्ठ, रेवतीमोहन तिम्सिना, गोकुल सिन्हा, सांसद रविन कोइराला लगायतको उपस्थिति थियो । प्राज्ञ यज्ञराज प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यव्रmमको सञ्चालन देवी नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: