‘चउनी पोखरी’को काँचुली फेरिँदै

  प्रकाशित मिति
३ असार २०७३, शुक्रबार ०९:०९


k khambu
Dr. KR Khambu

कोरोबारी गाविस वार्ड नं. ५मा पर्ने टटुवामारी र भालूखोप गाउँको माझमा अवस्थित एक अति प्राचिन प्राकृतिक सिमसारको नाउँ हो ‘चउनी पोखरी अर्थात् ‘जग्गू दह’ ।

उहिले यो पोखरी एकातिर गाउँ र अर्र्कोितर घना सालको जङ्गलको माझमा पथ्र्याे । त्यस बेला यसको आयतन पनि अहिलेको (करिब ३ हेक्टर वा करिब ४.५ बिघा) भन्दा दोब्बर ठूलो थियो । अहिले उक्त जङ्गल भालूखोप गाउँ बनिएको छ भने गाउँ पुरानो टटुवामारी अझ छँदैछ ।

त्यसबेला, यस पोखरीमा सयौँ चराचुरुङ्गी र दशौँ कछुवाका प्रजातिहरू पाइन्थे । यसर्थ चराचुरुङ्गीको लागि यो पोखरी स्वर्ग झैँ थियो । पाँच छ दशक अघिको तुलनामा अहिले यहाँको जनसङ्ख्या पनि चार डबल बढेर गएको हुँदा यो पोखरी मानव क्रियाकलापको चपेटामा परेर अस्तित्व रक्षात्मक स्थितिमा पुगेको थियो ।

पोहोर सालको विश्व वातावरण दिवसको उपलक्ष्यमा यस पोखरीको सर्भेक्षण गर्न एक वातावरण विद्हरूको टोली पुगेको थियो । उक्त टोलीले पोखरीको जैविक विविधता संरक्षण गर्न र सिमसार क्षेत्रको पर्यावरणीय दीगो विकास तथा व्यवस्थापन गर्न राज्यका निकायहरूलाई अनुरोध गरिएको थियो ।

जानकारीमा आए अनुसार यस पोखरीको संरक्षण र व्यवस्थापन गर्न व्यवस्थापिका सभामा प्रतिनिधित्व गर्नु हुने माननीय सभासद अग्नी खरेलज्यूले आफ्नो संसदीय कोषबाट दश लाख रूपैयाँ बजेट छुट्याउनु भएको रहेछ । सोही बजेटबाट यस वर्ष चउनी पोखरीमा बाँध बाधेर क्षेत्रफल छुट्याउने काम भएको यहाँ संलग्न फोटोबाट थाहा हुन्छ ।

chauri pokhari
Chaunee Pokhari

यस पोखरी संरक्षण र विकासको लागि आज भन्दा दश वर्ष अघि पर्यावरणीय संरक्षण समाजको तर्फबाट मेरै नेतृत्वमा एउटा प्रस्ताव जिविस झापामा पेस गरिएको थियो । उक्त प्रारम्भिक प्रस्तावनामा प्रथम चरणमा यस पोखरीको चारैतिर करिब पाँच मिटर (१६ फिट) चौडाई चाक्लो बाँध बाँध्ने, त्यसको बाहिरी भागमा तार बारको व्यवस्था गर्ने, त्यसपछि माझमा एक मिटरको पैदल गोरेटो छोडेर दुबै पट्टि वृक्षारोपण गर्नेस पोखरीको दक्षिण किनार बाटोसँग जोडिएको हुनाले पूर्वी वा पश्चिमी कुनातिर संरक्षण कार्यालयको निर्माण गर्ने, सोही संरक्षण कार्यालयको नजिकमा ठूलो आकर्षक पोखरी प्रवेशद्वार बनाउने, वृक्षारोपण गरिएको बाँधको केही दूरीको फरकमा पर्यटकहरू बिसाउने र रमिता हेर्ने फलैचाहरू निर्माण गर्ने, पश्चिमतिरबाट जोडिएको पैनीलाई अग्लो र व्यवस्थित पार्ने, पोखरीको पानी घट्न नदिन छेउँछाउतिरको जलीय वनस्पति तथा झारपातलाई नचलाउने र स्थानीय जातिका माछा तथा कछुवाहरू मात्र पोखरीमा राख्ने उल्लेख छ ।

बिस्तारै यस पोखरीलाई माछा पालन पोखरीबाट पर्यावरणीय पोखरी (सिमसार) बनाउँदै भविष्यमा यस क्षेत्रको ‘पर्यटकीय महत्वको सिमसार हरित पोखरी’ बनाउने तथा यस क्षेत्रको पर्यावरणमा जलवायु परिवर्तनले पार्ने असरलाई शुद्धिकरण गर्ने प्राकृतिक पोखरी बनाउने आदि आदि लक्ष्यहरू राखिएका हुन्छन् ।

जे होस्, अहिले यस गाविसका जागरूक युवा पुस्ताहरू यस चउनी पोखरीको काँचुली फेराउन कमर कसेर लागेका कुरा सुन्नमा आएको छ । यी सबै निर्माण समितिका युवाहरूलाई यसको गुरु योजना अनुसार जैविक विविधता पुनस्र्थापना गर्ने कार्यमा सफलता मिलोस् भनी हार्दिक शुभकामना दिन चाहन्छु ।

झापा जिल्लाको विशेष सरकारी योजनाको आँखाबाट ओझेल परेको यस गाविसको यो प्राकृतिक पोखरी संरक्षण र व्यवस्थापनको लागि उदार मन पारेर आफ्नो भागको बजेट यस पोखरीको लागि दिनु हुने माननीय सांसद अग्नि खरेललाई कोरोबारीको एक नागरिकको हैसियतले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: