चट्टानमा उम्रिएको पिपल 

  प्रकाशित मिति
२६ चैत्र २०७२, शुक्रबार ०४:३९


khem 2

khem 7 khem 9 ०४६ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि झापा चारपाने घर भएको विपन्न परिवारको एउटा नवयुवकका सामू पढाइलाई अगाडि बढाउनका लागि मुख्य तगारो आर्थिक अभाव नै थियो । विर्तामोडको सगरमाथा अङ्ग्रेजी बोर्डिङले ‘स्कुल लिभिङ सर्टिफिकेट’ थमाइदिए पछिको पहिलो रात त्यो नवयुवकलाई निद्रा लागेन । रातभर सोच्यो–‘अब कलेज कहाँ गएर कसरी पढ्ने ?’ त्यही रात उसले काठमाडौँ गएर जसरी भए पनि कलेज पढ्ने सपना सजायो ।

उसको पारिवारिक आर्थिक अवस्था नाजुक थियो । दश जना छोराछोरीमध्ये सातौँ नम्वरको उसलाई बुवा आमाले काठमाडौँ पढ्न जानका लागि खर्च ठेल्लान् भन्ने कुनै गुञ्जायस थिएन । अर्काको जग्गामा अधिया खेत कमाएर आर्जेको अन्नले जसोतसो ठूलो परिवारको हातमुख जोर्न सकेका थिए वुवाआमाले । ‘केही उपाय त निस्केला नि’ भन्दै कलेज पढ्ने अभिलाषा मनभरि सजाएर एकदिन नाइट वस चढेको त्यो ठिटो कन्काई, कोशी र त्रिशुलीको गड्तिर नाघेर काठमाडौँको मनोरम खाल्डोभित्र घुस्यो ।

त्यो युवक अरु कोही नभएर हाल मुलुकभित्र मात्र होइन, अस्ट्रेलिया र युरोपसम्म एजुकेसन कन्सल्टेन्टको रुपमा ख्यातिप्राप्त ब्रान्ड बनिसकेका खेमराज सङ्ग्रौला थिए । उनी हाल एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज प्रालिका नेपाल निर्देशक हुन् । जसको नेपाल र अस्ट्रेलियाका प्रमुख सहरहरूमा ५÷५ वटा शाखा सञ्चालनमा छन् ।

‘खुत्रुके झोरझार पारेर लगेका पैसाले दुई चार दिन त काठमाडौँको रमझम हेरियो, त्यसपछि अभावका दिनले फेरि घेरिहाल्यो’, विर्तामोडस्थित एक्सपर्ट कार्यालयको घुम्ने कुर्सीमा बसेर लोकतन्त्र पोस्टसँग २६ बर्ष पहिले काठमाडौँ प्रवेश गर्दाताकाका दिनहरू सम्झँदा उनी निकै भावुक देखिए ।

एकातिर झापा घरतिरको आर्थिक कनेक्सन टुट्नु अनि उता काठमाडौँका पढ्ने भन्दा पनि विहान वेलुका के खाने भन्ने चिन्ताको भुङ्ग्रोमा पिल्सिन थालेका उनी आफैले जुक्ति निकाले–फुटपाथमा व्यापार थाल्ने । उनी जस्तै भ्याली बाहिरबाट आएका थुपै्र अरुले पनि फुटपाथमा नाङ्लो, डालो र खटिया राखेर खत्राकखुत्रुक सामान बेचिरहेको उनले देखेका थिए । त्यसपछि रत्नपार्क, भृकुटीमण्डप, बसपार्क, सुन्धारा, न्यूरोड लगायतका फुटपाथमा उनको सानो पसल जम्न थाल्यो ।

‘दिनभरि पसल थाप्थेँ, इभिनिङ सिफ्टमा कलेज पढ्न जान्थेँ’, फुटपाथ व्यापारले पढ्न र छाक टार्न मनग्ये सघाउ पुर्याएको सम्झिँदै उनी सुनाउँछन्–‘पैसा पनि कमाउन थालियो, पढ्ने खर्च पनि सजिलै जुट्यो ।’

विर्तामोड होस् या काठमाडौँको एक्सपर्ट एजुकेसन कार्यालय नै किन नहोस्, अहिले त्यहाँ पुग्दा उनलाई भेट्न रिसेप्सनबाट टाइम लिनु पर्छ । उनलाई लग्जरियस लाग्ने अफिस रुमको घुम्ने कुर्सीमा शानदार रुपमा अङ्ग्रेजी, नेपाली या नर्वेजियन ल्याङ्वेजमा कोही कसैसँग कुराकानी गरिरहेकै भेट्नु हुनेछ । प्राय टाउकाको अग्रभागमा चश्मा अड्याएर चम्किलो अनुहारमा हसमुख अवस्थामा भेटिने उनीसँग यतिबेला के छैन होला र ! आफ्नै गाडी छ, आफ्नै महल छ, १ सय ७५ जना कर्मचारीलाई khem 13उनको अफिस एक्सपर्टले रोजगारी दिएको छ । धन, इज्जत र पद सबै सबै छ अहिले ।

तर उनको वाल्यकाल र युवाकाल अत्यन्त सङ्घर्षमय थियो । एउटा निम्न वर्गीय नेपालीले भोग्ने सबै समस्या र पीडा उनले जीवनका पहिलो प्रहरमै अनुभव गरिसकेका छन् । ‘कतिपयले आफ्नो विगत लुकाउन खोज्छन्, तर म कहिल्यै सत्यलाई ढाकछोप र लिपपोत गर्न चाहन्न’, पहिले र अहिलेको जीवन भोगाइबारे उनी भन्छन्–‘म त्यही खेमराज हुँ जसले कलेज पढ्ने पैसा जुटाउन फुटपाथ व्यापार गरेँ, म उही खेमराज हुँ जसले अहिले १५ हजार नेपाली युवालाई अस्ट्रेलिया, नर्वे र स्वीडेन जस्ता मुलुकमा पढ्न र रोजगारीका सर्वोत्तम अवसर खोज्न सघाइसकेको छ ।’

उनी आफ्नो सर्वहारा पृष्ठभूमि कहिल्यै नभुल्ने बताउँछन् । पढाइमा जहिल्यै अव्वल हुने उनले आरआर क्याम्पसबाट इङलिस लिटरेचरमा व्याचलर्स डिग्री हासिल गरिसकेपछि मात्र फुटपाथको व्यापार छाडेर शिक्षण पेशा सुरु गरेका थिए । उनले स्कुल र ट्युसन पढाउने नयाँ काम गर्दागर्दै त्यही कलेजबाट मास्टर्स सिध्याए । उनलाई लाग्यो अब आफ्नै अफिस खोल्नु पर्छ । आफु पढाउँदै आएको बागबजारको स्टार ल्याङ्वेज इस्स्टिच्युटको स्वामित्व हातमा लिएर २०५३ सालदेखि उनले पढाउने व्यवसायलाई तीब्रता दिए ।

khem 8दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु भन्ने पुर्खाको उक्ति उनको जीवनमा सँधै लागू भएको देखिन्छ । ‘मान्छेले सफल बन्ने सपना सँधै देखिरहनु पर्छ’, उनको कथन छ–‘तर सपनालाई साकार तुल्याउन निरन्तर परिश्रम चाहिँ जरुरत हुन्छ ।’ उनीसँग सपना मात्रै थिएन, त्यसलाई साकार बनाउन चाहिने कठोर पौरखी भावना पनि थियो । जतिसुकै दुःखकष्टबाट गुज्रिए तापनि उनले सर्वहारा जीवनबाट माथि उठ्ने र समृद्ध जीवन जिउने सोँच कहिल्यै त्यागेनन् । ‘यही कारण आज खेमराज सङ्ग्रौलासँग सबथोक छ, खान लाउन पुगेको छ, समाजलाई केही दिन पनि पुगेकै छ ।’

हण्डर खाए उनले, तर हरेस कहिल्यै खाएनन् । जीवनका उकाली ओरालीमा कयौँ घाम र छायाका दिन आउँछन् । एकताका शिक्षित बेरोजगार भएर काठमाडौँका मान्द्रे पत्रिकामा छापिएका ‘वन्टेड’ पढ्दै सडक चहार्ने तन्नेरी उमेरमा उनलाई पुलिसको इन्सपेक्टर बन्ने रहर जागेको थियो । टिलिक्क जुत्ता, सलक्क युनिफर्म र व्रmस फुली लगाएर अपराधीलाई कठालामा समाउँदै खोरमा थुन्ने बलिउडका हिरोहरू आमिर खान र अमिता बच्चन जस्तै इमान्दार इन्सपेक्टर बन्ने उनको रहर भने सोर्सको अभावमा पूरा हुन सकेन । ‘फिजिकल फिटनेस र लिखितमा पास भइसकेको थिएँ’, इन्सपेक्टरको भर्ती हुन जाँदाको असफलता बारे उनी सुनाउँछन्–‘क्षमता मात्रै भएर पुग्दो रहेनछ, अन्तरवार्तामा सोर्स लगाइदिने कोही भएनन् ।’

२०५६ सालमा कल्पना अधिकारीसँग विहे गरेका उनका एक छोरी स्तुती र एक छोरा सार्थक छन् । कल्पना एक्सपर्टको काठमाडौँ अफिसमा सँगै काम गर्छिन् । २०५८ सालमा स्टुडेन्ट भिसामा नर्वे गएर ३ बर्ष पढ्ने सिलसिलाले उनको जीवनमा नयाँ मोड ल्याइदियो । यूरोपका २० भन्दा बढी देश घुमेका उनले त्यहाँको समृद्धि र जीवन शैलीलाई नजिकबाट नियाले । २०६१ सालमा नर्वेबाट स्वदेश फिर्दा मुलुक माओबादी सशस्त्र द्वन्द्वको चरमोत्कर्षमा रुमलिएको थियो । मुलुकभित्र स्वरोजगारको अवसर ध्वस्तप्राय थियो, शान्ति थिएन, पढ्न चाहनेका लागि वातावरण थिएन । यही अप्ठेरो परिस्थितिमा उनले जोखिम मोलेरै काठमाडौँमा न्यूटन्स स्टडी काउन्सिल नामक नयाँ संस्था खोले । जसले यूरोपको डेनमार्क, नर्वे र स्वीडेनमा राम्रो विषय पढ्न चाहनेलाई परामर्श उपलब्ध गराउँथ्यो ।

khem 14तीन वर्षमै ५ सयभन्दा बढीलाई यूरोप पढ्न जान सघाएका उनी सन् २००७ मा कामकै सिलसिलामा अस्ट्रेलिया पुगे । त्यहाँ आफु जस्तै कन्सलटेन्सी चलाइरहेका साथीहरू बद्री अर्याल र सञ्जीव शर्मालाई भेटेँ । उनीहरू सिड्नीमा आप्रवास, शिक्षा र भिसा सम्बन्धी कानूनी परामर्श दिने ‘एक्सपर्ट एजुकेसन’ नामबाटै कन्सलटेन्सी चलाउँथे । तीनै जनाको मन मिल्यो र संस्था पनि मर्ज भयो । त्यही वर्षदेखि तीन जनाको साझेदारीमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज प्रालि सञ्चालनमा आयो । त्यसले शाखा विस्तार गरेर दुबै मुलुकका प्रमुख सहरमा पुर्याइसकेको छ ।

उनको सपना अझै कहाँ टुङ्गिएको छ र ! आफु मात्र कमाएर हुँदैन भन्ने सोच बोकेको उनी आगामी दिनमा सामाजिक काममा समय, पैसा र अनुभव लगाउन चाहन्छन् । त्यसका लागि उनले ‘एक्सपर्ट फाउन्डेसन ट्रस्ट’ नामक कल्याणकारी संस्था खोलिसकेका छन् । गत बैशाख १२ र त्यसपछिको भुइँचालोमा परी घरवार गुमाएकाहरूको सेवामा फाउन्डेसनले लाखौँ खर्च गरिसकेको छ । उनका अनुसार सिन्धुपाल्चोकको एउटा गाउँमा १० लाख खर्चेर फाउन्डेसनले स्कुल भवन निर्माण गर्दैछ भने चारपानेको आफु पढेको स्कुल वीर अमरसिंहमा उनले वर्षेनी ४ विद्यार्थीलाई पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

‘सेवामूलक काम गर्ने मेरो अबको ड्रिम हो’, श्रम र अनुशासनमा विश्वास राख्ने उनी आफ्ना बारे सुनाउँछन्–‘खेम सङ्ग्रौला एउटा ब्रान्ड भइसकेको छ, अब मलाई पैसा होइन, कमाएको विश्वास र प्रतिष्ठालाई जोगाएर अघि बढ्नु छ ।’ एक्सपर्टमा गएर र खेम सङ्ग्रौलासँग परामर्श लिएर मानिसहरूले ‘राइट डिसिजन गरेछु’ भनेर गौरव गर्ने अवस्था आगामी दिनमा कायम ररिहरहोस् भन्ने उनको सपना हो ।

अधियाँ खेत कमाउने गाउँको परिवारमा हुर्किएको र फुटपाथमा सामान दिनभर बेचेर साँझ काठमाडौँमा कलेज पढेको उही खेमराज सङ्ग्रौला आज सफल व्यक्तिका रुपमा चम्किएका छन् । आज दुःख पाएका कयौँ युवाहरू भविष्यलाई लिएर अन्योलमा छन् भने तिनका लागि खेमराजको जीवनयात्रा आशलाग्दो उदाहरण बन्न पुगेको छ । ‘जस्तै कठिन मोडमा पनि हरेस नखाउ, आत्मवल जोगाएर राख’, नवयुवा पुस्तालाई सम्बोधन गर्दै उनी भन्छन्–‘दुःख र परिश्रमले नै मानिसलाई एकदिन सफलताको शिखरमा पुर्याउँछ ।’

© मोहन काजी
………………………………………………………………………………………………………..

khem 10आनीबानी

  • म गीत सुन्न मन पराउँछु । अलिक बढी रोमान्टिक सङ्गीत चाहिँ सुन्छु ।
  • मन्दिर जाने मेरो शोख छैन । कर्ममा मेरो अटल विश्वास छ । अनास्था छ भनेको चाहिँ होइन है ।
  • भगवान छन् जस्तो लाग्दैन । यो श्रृष्टि चव्रm एउटा सिस्टममा चलेको हुनु पर्छ ।
  • पहिले पहिले खुबै पुस्तक पढ्थे । अहिले त्यो व्रmम हटेको छैन, तर ह्वात्तै घटेको छ ।
  • परिवारका सदस्यहरूसँग हलमै गएर मुभी हेर्न रमाइलो लाग्छ । टीभी मुभीमा चाहिँ अरुचि जाग्छ ।
  • हरेक विहान मर्निङ वाक गर्छु । शारीरिक स्फुर्तीका लागि चाहिन्छ । जगिङ जान्छु ।
  • फुटवल मन पर्छ । विर्तामोडमा गोल्डकप भइरहेको रहेछ, जान भ्याएको छैन ।
  • राजनीतिको भोटर्स मात्र हुँ । जुन राम्रो क्यान्डिडेट लाग्छ, उसैलाई भोट दिन्छु ।
  • अर्ध नलेज भएकाले अरुको खोट देख्छन् । अस्वस्थ प्रतिष्पर्धा अपूर्ण मान्छेले मात्र गर्छ ।
    …………………………………………………………………………………………………………..

khem 12कहिल्यै भुल्दिन

  • फुटपाथमा व्यापार गर्दा एक दिन भरिया आएन । म आफैले ५० केजीको सामान डेराबाट रत्नपार्क पुर्याउनु पर्ने थियो । भारी बोकेर हिँड्दै जाँदा नराम्ररी पछारिए ।
  • नर्वेमा पढ्दै रोजगारी गर्दा व्रिmसमसको बेला थियो । चाडका बेला त्यहाँ काम गर्ने अवसर बढी पाइन्छ । मलाई धेरै पैसा कमाउनु पर्ने भएकाले होला लगातार ३२ घण्टासम्म मैले काम गरिरहेँ । कामको बोझले मेरा कुमहरू चल्न छाडिसकेका थिए ।
  • कान्तिपुरको एउटा समाचारमा डोटीको एकै परिवारका तीन सन्तान पोलियोले अशक्त भएको पढेँपछि मेरो मन छोयो । २ दिन हिँडेर पीडितको घर पुगे । तीनै जनाको नाममा संयुक्त बैङ्क खाता खोलेर २ लाख १६ हजार रुपैयाँ जम्मा गरिदिएँ । एभिन्यूजले खबरभित्रको खबर बनाएको थियो ।
  • मेरो बुवा मनोहरि सङ्ग्रौला असाध्य मिहेनती हुनुहुन्थ्यो । २०५४ सालमा उहाँको निधन भयो । मेरी एक जना दिदी राधिकाको २०४३ सालमा अल्पायुमै सर्पले डसेर मृत्यु भयो । उहाँहरूको स्मृतिमा वीर अमरसिंह उमाविमा छात्रवृत्ति वितरण गर्दै आएको छु ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: