चट्टानी ओली र चतुर भारत

  प्रकाशित मिति
८ फाल्गुन २०७२, शनिबार ०२:३६


gyanendra g

फागुन ७ को शुभ साईत पारेर प्रधानमन्त्री केपी शर्मा ओली हिजो भारतको औपचारिक भ्रमणमा निस्कनु भएको छ । प्रधानमन्त्री हुनासाथ कहिले भारतले बोलाउँछ भनेर बस्ने परम्परालाई तोड्दै ढिलो गरी भारत भ्रमणमा जानु भएका ओलीको चट्टानी अडान र निडर स्वभाव देखी भारत केही झस्कीएको भान यस अघि नै भईसकेको छ । त्यसैले पनि ओलीको भ्रमणलाई भारतले उच्च महत्व दिएको छ । भारतले उच्च महत्व दिएको भ्रमणमा मात्रै बिमानस्थलमा नै राज्य मन्त्रीले स्वागत गर्ने परम्परा छ । ओली लाई पनि भारतले राज्य मन्त्रीबाट बिमानस्थलमा स्वागत गर्यो । जसबाट प्रष्ट हुन्छ कि भारत ओलीलाई चिढीयाउने पक्षमा छैन । आखिर किन भारत ओलीसंग हार्दिक र लचकदार देखींदैछ त भन्ने जिज्ञासा यतिबेला सबैका सामु उत्पन्न भएको छ । त्यसको मुख्य रुपमा दुईवटा कारण छन । पहिलो कारण भनेको ओलीको ब्यक्तिगत स्वभाव नै हो । स्मरण रहोस कि नेपालको संविधानमा गरिएको ब्यवस्थामा असन्तुष्ट भारतले खुल्लमखुल्ला हस्तक्षेप गरी संविधान सच्याउन धेरै प्रयत्न गरेकै हो तर ओलीको चट्टानी अडानका कारण भारतले चाहेकै अनुरुप संविधानको संशोधन सभ्भव भएन । त्यति मात्र होईन नेपाल सरकारलाई घुँडा टेकाएर भारतले आफ्नो शर्त मनाउँन पाँच महिनासम्म निर्ममता पुर्वक नाका बन्द गरेर नेपाली जनतालाई निस्सासिने अवस्थामा पु¥याउने प्रयास गरेकै हो तर नेपाली जनताको राष्ट्रियता प्रतिको निष्ठा र प्रधानमन्त्री ओलीको आत्मबिश्वासको अभुतपुर्व संयोजनले भारतलाई पछि हट्न बाध्य बनायो ।

प्रधानमन्त्री ओलीलाई दबाबमा राखेर आफ्नो कुरा पुरा हुँदैन भन्ने कुरा भारतले त्यतिबेला मात्रै बुझ्यो जतिबेला भारत भ्रमणको निम्तोलाई ओलीले नाकाबन्दीको फिर्ताको शर्त नै बनाए । र भयो पनि त्यै । प्रधानमन्त्री ओली कै भाषामा भन्दा अघोषित रुपमा शुरु भएको नाकाबन्दी आघोषित रुपमा नै खुल्ला भएको छ ।

चट्टानी अडानका पर्याय बनेका प्रधानमन्त्री ओली यतिबेला भारत भ्रमणमा हुनु हुन्छ र भारतले ओलीको भ्रमणमा ओलीलाई फकाउने सम्पूर्ण हथकन्ठा अपनाउँछ भन्ने ओलीको स्वागतबाट नै प्रष्ट भईसकेको छ । त्यसैले भारतले चातुर्यबाट ओलीलाई फकाएर नेपालसंगको तिक्तता मेटाउने प्रयास गर्ने निश्चित छ ।

भारतले ओलीको भ्रमणलाई महत्व दिनु पर्ने अर्को कारण भनेको नेपालमा भारत बिरोधी भावना बलियो बन्दै जानु नै हो । जतिबेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा थिए त्यसबेला नेपाली जनतामा भारत प्रति अत्यन्तै सकारात्मक धारणा पैदा भएको थियो । त्यसको मुल कारण भनेको भारतिय प्रधानमन्त्री मोदी नै थिए । मोदीले नेपाललाई दिएको सम्मान अनि बर्षौ देखी कर्मचारी तहमा मात्र सम्बन्धका कारण राजनितिक सम्बन्धमा देखिदैं गएको दुरीका कारण पनि मोदीको भ्रमणलाई आम नेपाली जनताले खुल्ला ह्दियले स्वागत गरेका थिए । तर केही महिना बित्न नपाउँदै हिरोबाट जिरोमा झरेका मोदीले नेपाली जनतामा भारत बिरोधी भावना भड्किनुलाई असुरक्षित महशुस गरेको कुरा ढिलो गरी मात्र बुझे । आफ्नो चतुर मस्तष्कको प्रयोगबाट मोदी नेपाल र नेपाली जनतासंगको सम्बन्धलाई बलियो अनि सकारात्मक बनाउँन चाहन्छन । नेपालसंगको सम्बन्धलाई मोदीले थप महत्व दिनुको पछाडी नदेखीने तर महत्वपुर्ण अर्को कारण पनि छ । त्यो हो पछिल्लो समय अमेरिका र पाकिस्तान बिच बढिरहेको सम्बन्ध । पाकिस्तानसंग जहिले पनि शसंकीत रहने भारत अनि खास गरी कट्टर हिन्दुबादी देखीएका मोदीलाई अमेरिका र पाकिस्तानको सम्बन्ध सुधारले नेपाली भुमीको गलत प्रयोग हुने र त्यसले भारत बिरोधी गतिबिधि सञ्चालनमा अहिलेको नेपालीहरुमा भएको भारत प्रतिको नकारात्मक भावनाले झन खतरा बढ्ने महशुस गराएको छ । ओलीको भारत भ्रमणमा मोदी अर्थात भारतिय पक्ष यो बिषयमा चलाखी पुर्ण ढंकबाट सुरक्षाको बिषयमा नेपालसंग आश्वस्त हुन चाहन्छ । आफ्नो स्वभावका कारण भिन्नै आर्कषण पैदा गरेका प्रधानमन्त्री ओलीले भारतको बाध्यात्मक अवस्थाको बारेमा पनि राम्रै बुझेको हुनु पर्दछ त्यसैले अब भारतको यो भ्रमण भारतका लागि मात्र होईन की नेपालका लागि पनि ऐतिहासिक बन्नु पर्छ त्यसका लागि भारतले चाहेको होईन नेपाल र नेपालीको हितमा हुने सन्धी सम्झौता मात्र हुनु जरुरी छ । अनि मात्र बिषम परिस्थितिमा नेपालको हितमा चट्टानी अडान देखाएर बलियो बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको सार्तकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: