दुहागढी । मङ्गलबार दिउँसो वर्षासँगै आएको चट्याङ्ले दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा आगलागी भएको छ ।
आगलागीबाट विद्यालयमा जडान गरिएको विद्युत मीटरबक्स र सम्पूर्ण वाइरीङ् जलेर नष्ट भएको हो ।
आगलागीले विद्यालयको कक्षा कोठामा जडान गरिएका २७ ओटा पङ्खा, मोटर सहितका विद्युतिय सामग्रीमा क्षति भएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए ।
विद्यालय बन्द रहेकाले मानविय क्षति भने हुन नपाएको उनले बताए ।
मेचीनगर–१४ स्थित वडाका जनप्रतिनिधिहरु र चारआली प्रहरी चौकीबाट आएका प्रहरी टोलीले घटनास्थलको अवलोकन गरी जानकारी लिएको विद्यालयले जनाएको छ ।