चट्याङ लागेर दुई घाइते, आधा दर्जन विजुलीको पोल ढले

  प्रकाशित मिति
१२ चैत्र २०७५, मंगलवार १७:२०


भद्रपुर । मङ्गलबार विहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ बर्षीया फुलामाया बर्देवा र ४२ बर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु दुवैलाई घरमै बसिरहेको अवस्थामा चट्याङले लागेको थियो । चट्याङ लागेर घाइते दुवैको मनमोहन अस्पताल विर्तामोडमा उपचार भएको थियो । उपचार पछि दुवै जना घर फर्किसकेका छन् ।

त्यसैगरी हावाहुरीले झापाका विभिन्न स्थानमा आधा दर्जन बढी विजुलीको पोल ढलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार भद्रपुर नगरपालिका–१० स्थित भद्रपुर विमानस्थलको पूर्वपट्टिको, गौरदाह–७ ग्वालडुब्बामा एक–एक र विर्तामोड नगरपालिका–५ मा दुईवटा विजुलीको पोल ढलेका छन् ।

त्यसैगरी, हावाहुरीकै कारण मेनपा–१५स्थित नरेश लिम्बू र कचनकवल गापा–६ बस्ने झड्कन ठाकुरको घरको टिनको छानो उडाएको छ भने भद्रपुर–८ स्थित सगरमाथा चोकमा रहेको प्रहरी विट समेत पल्टाएको प्रवक्ता श्रेष्ठले बताए । विहान ८ बजेदेखि करिब १० बजेसम्म पानीसँगै हावाहुरी र चट्याङ परेको थियो ।मेचीनगरका विभिन्न स्थानलगायतका ठाउँहरुमा रुख ढलेर सकड समेत अवरोध भएको थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: