चट्याङ लागेर एकाघरका एकको मृत्यु दुइ घाइते

  प्रकाशित मिति
२३ चैत्र २०७५, शनिबार ११:५०


भद्रपुर । आजविहान पानीसँगै परेको चट्याङले लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत रहेका छन् । उनीहरु दुवैको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।

विहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

झापामा दुई साता अघि मात्र अर्जुनधारा नगरपालिकामा घरमै बसिरहेका अवस्थामा चट्याङले लागेर दुईजना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: