चण्डीको नेतृत्वमा विवेकशील साझा

  प्रकाशित मिति
१६ चैत्र २०७५, शनिबार २२:५०


कनकाई । वैकल्पिक राजनीतिक धारको वकालत गर्दै आएको नयाँ राजनीतिक दल विवेकशील साझा पार्टीको झापा जिल्ला समिति गठन भएको छ ।

कनकाई नगरको सुरुङ्गामा शनिवार सम्पन्न भेलाले चण्डी अधिकारी संयोजक र चन्द्र मैनाली भतिज सहसंयोजक रहेको ९ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको सचिवमा रविन्द्र सिलवाल, सहसचिवमा प्रशान्त ढकाल, कोषाध्यक्षमा यमुना खड्का र सदस्यहरुमा आविष्कार बस्नेत, राजेन्द्र खनाल, विष्णु सङ्ग्रौला र गौरव पोखरेल चयन भएका छन् ।

भेला १ नं. प्रदेश समितिका संयोजक अनिल भेटवालको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेटवालका अनुसार सबै स्थानीय तहलाई समेटेर जिल्ला समितिलाई अझै विस्तार गरिने भएको छ ।

झापाबाट प्रदेश सदस्यमा तिलचन्द्र उप्रेती, अम्बिका चापागाई, टिकाप्रसाद ओली र मेदनी प्रसाईलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: